ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागूऔषध मधेशमा जघन्य अपराधको जड बन्दै


एबीसी न्यूज
१० पुस २०८०, मंगलबार   ४ : ३०   बजे

काठमाडौं, १० पौष । धनुषाको सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया राखी यादव मंसिर ७ गते साँझ छिमेकीको मटकोर विवाहअघि गरिने एक साँस्कृतिक कर्म हेर्न सतोखर पोखरी पुगेकी थिइन् । मटकोर सकिएर सबै घर फर्किए, तर राखी आइपुगिनन् ।

परिवारका सदस्यहरुले राति नै सोधखोज गरे । भोलिपल्ट तालिम प्राप्त कुकुरसहित प्रहरी पनि खोजीमा जुट्यो, राखी भेटिइनन् । साँझ सतोखर पोखरी नजिकै खाल्डोमा जमेको पानी दमकलले सुकाउँदा राखीको शव भेटियो ।

 

‘हामी दिनभर खोज्यौं, साँझसम्म नभेटेपछि खाल्डोमै हुनसक्ने आशंकामा सकाउने काम गर्‍यौं । त्यसमै बालिकाको शव फेला भेटियो’, धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवा भन्छन् ।

उनका अनुसार बलिकाको शव हेर्दा अत्यन्त क्रुरतापूर्वक हत्या भएको देखिन्थ्यो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई किशोरलाई पक्राउ गर्‍यो । दुबैले अभियोग पनि स्वीकार गरे ।

 

प्रहरीका अनुसार दुबै किशोर लागूऔषध प्रयोगकर्ता हुन् । एक अनुसन्धान अधिकृतका अनुसार मटकोरको बेला मादक पदार्थसँगै लागूऔषध सेवन गरेका थिए । उनीहरुले रथमा खेलिरहेकी राखीलाई बेपत्ता बनाएको र बलात्कार गरेर हत्या गरेपछि शव खाल्डोमा फालेको अन्ुन्धानका क्रममा खुलेको छ ।

 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ हनुमाननगरमा एक बालकको लागूऔषध सेवनकर्ताबाट हत्या भएको छ । मावलीमा बस्दै आएका ११ वर्षीय आदित्य ठाकुर ३० मंसिरमा राति अबेरसम्म घर फर्किएनन् । परिवारका सदस्यले खोेजे, नभेटेपछि प्रहरीलाई खबर गरे ।

प्रहरीको सहयोगमा खोजी गर्ने क्रममा घरभन्दा पर आदित्य रक्ताम्य अवस्थामा फेला भेटिए ।

‘उपचारको लागि प्रादेशिक अस्पताल भर्ना गरायौं, तर उपचारकै क्रममा मृत्यु भयो’, डीएसपी रञ्जन अवाले भने । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले स्थानीय २६ वर्षीय सञ्जय साह र २४ वर्षीय बादललाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा आदित्य मधेश प्रदेशसभा भवन नजिकै मोबाइल चलाइरहेका बेला दुबै पुगेका थिए । लागू औषध सेवन गरेका उनीहरुले मोबाइल मागे, नदिएपछि बाँसको भाटाले हिर्काए । ‘मरणासन्न हुने गरी कुटेपछि भागेको दुबैले वयान दिएका छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।

प्रहरी अधिकृतहरुका अनुसार हत्याका घटनाभन्दा धेरै चोरी, डाँका, महिला तथा घरेलु हिंसा जस्ता अपराधमा समेत लागूऔषध सेवनकर्ताको संलग्नता देखिने गरेको छ ।
लागूऔषधको नशामा बालकको हत्या गरेको प्रहरीको निष्कर्ष छ । धनुषाका प्रहरी उपरीक्षक ९एसपी० मित्रबन्धु शर्मा भन्छन्, ‘दुबै घटनामा आरोपी लागूऔषध सेवनकर्ता रहेको देखाएको छ । हामी थप अनुसन्धान गरिरहेका छौं ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा धनुषामा ७ जनाको हत्या भएको छ, जसमध्ये तीनवटा घटनामा लागूऔषध सेवनकर्ता संलग्न छन् । मधेश प्रदेशका ८ जिल्लामा ५७ जनाको हत्या भएको छ ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरले उपलब्ध गराएको तथ्यांकमा अघिल्लो आर्थिक वर्ष २०७८र०७९ मा ९६ जना र २०७९र०८० मा १०६ जनाको हत्या भएको थियो । धेरै अपराधमा लागूऔषध जोडिन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतो बताउँछन् ।

यद्यपि हत्या, बलात्कारजस्ता जघन्य अपराधको मुद्दा लागूऔषधभन्दा ठूलो भएको र लागूऔषध प्रमाणित गर्न समस्या हुने भएकाले तथ्यांकमा भने नखुलाएको उनले बताए ।

प्रहरी अधिकृतहरुका अनुसार हत्याका घटनाभन्दा धेरै चोरी, डाँका, महिला तथा घरेलु हिंसा जस्ता अपराधमा समेत लागूऔषध सेवनकर्ताको संलग्नता देखिने गरेको छ । ‘पछिल्लो समय बढेको चोरी घटनामा ८० प्रतिशतभन्दा बढी लागूऔषध सेवनकर्ता देखिन्छ’, एक अनुसन्धान अधिकृतले भनेका छन् ।

सर्लाहीका प्रहरी प्रमुख ९एसपी० प्रविन धितालका अनुसार प्रायः लागूऔषध सेवनकर्ता २५–३० वर्षमुनिका हुन्छन् । ‘ड्रग्सको लतमा परेपछि अभिभावक भन्दा टाढा हुने चोरी, कुटपिट, ग्याङफाइट जस्ता क्रियाकलाप गर्ने गरेको पाइन्छ’, उनले भने ।

प्रहरीका अनुसार मधेश प्रदेशमा दैनिक औसत ३ जना लागूऔषधसहित पक्राउ पर्ने गरेका छन् ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७र०७८ मा लागूऔषधसहित ९९९ जना व्यक्ति पक्राउ परेका थिए । आर्थिक वर्ष २०७८र०७९ मा यो संख्या बढेर १ हजार २८५ पुग्यो । आर्थिक वर्ष २०७९र०८० मा भने बढेर १ हजार ३०४ व्यक्ति लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामै ४३७ जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्याम महतोले जानकारी दिए । पक्राउ परेकाहरु प्रायः ३० वर्षभन्दा मुनिका छन् । उनीहरुबाट गाँजा, चरेस, ब्राउन सुगर, अफिम, हिरोइनका साथै अरु लागू औषध बरामद भएको छ ।

पाँच महिनामै प्रहरीले आठवटै जिल्लाबाट २ हजार ६८३ किलो गाँजा, ४७ किलो चरेस, ८६ ग्राम र ३२७७ मिलीग्राम हिरोइन, १७ हजार २३९ ट्याबलेट, १ हजार ५३१ बोतल र १४ हजार ४०५ इन्जेक्सन बरामद गरेको प्रहरीको तथ्यांकमा छ । खुल्ला सीमाका करण भारतबाट शरीरको विभिन्न भागमा लुकाएर, मोटरसाइकलको ट्यांकी तथा खाद्यान्नको बोरामा लुकाएर समेत लागूऔषध ल्याउने गरिएको सर्लाहीका एसपी प्रविन धिताल बताउँछन् ।

सर्लाहीको मलंगवा नगरपालिका–८ दशगजा क्षेत्रमा बरहथवा नगरपालिका–५ का २२ वर्षीय इजरुल महम्मद शेष पुस १ गते दिउँसो मृत फेला परे । शरीरमा घाउखत थिएन, मुखबाट फिज आएको थियो । प्रारिम्भक अनुसन्धानबाट उनको अत्यधिक लागऔषध सेवनकै कारणले मृत्यु भएको प्रहरीको निष्कर्ष छ । उनी लागूऔषध सेवनकर्ता भएको र त्यसकै लागि सीमापारी गएर फर्किरहेको बेला मृत्यु भएको प्रहरीको भनाइ छ ।

लागू औषधको कुलतमा फसेकाहरुको उपचार र पुजर्स्थापनामा काम गर्दै आएको पुनर्जीवन नेपालका संस्थाका प्रमुख कार्यकारी अधिकृत अजितम पाण्डेका अनुसार सबभन्दा बढी साथीहरुको लहैलहैमा लागेर कुलतमा फस्छन् । कतिपय परिवारिक माहोलले गर्दा पनि लागूऔषधको कुलतमा फस्ने गरेका छन् ।

उनका अनुसार २र३ प्रतिशतलाई कुलतमा फस्नेबित्तिकै घरपरिवारले पुनर्स्थापना केन्द्रमा राख्छ भने ९७ प्रतिशले जबसम्म अपराधमा लाग्दैनन्, तबसम्म सुधार केन्द्रमा लग्दैनन् । कुलतमा फसेकाहरुलाई पूर्ण रुपमा सामान्य अवस्थामा फर्काउन कम्तिमा ६ महिनादेखि एक वर्ष लाग्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group