ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीपको मुद्दामा जाहेरवालाको बहस सकिँदै, जवाफी बहसपछि फैसला आउने


एबीसी न्यूज
११ पुस २०८०, बुधबार   १२ : ५३   बजे

काठमाडौं, ११ पौष । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ गत आइतबारदेखि जारी छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइको सुरुआतमा जाहेरवालाका तर्फबाट बहस सुरु भएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

जाहेरवाला र सरकारी वकिलले आज खाजा समयअघि बहस सक्ने अनुमान गरिएको छ । खाजा समयपछि सन्दीपका वकिलहरूले बहस थाल्नेछन् । सन्दिपका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि भने सन्दीपको मुद्दामा फैसला आउने छ ।

पीडित भनिएकी गौशाला २६ ९छ० को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ मा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यसबेला पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकोमा सन्दीप उच्च अदालतको आदेशबाट देशबाहिर जान नपाउने तर स्वदेशमा हुने प्रतियोगितामा भाग लिन पाउने आदेश लिएर थुनामुक्त भएका थिए ।

उच्च अदालतको आदेशविरुद्ध पुनः सर्वोच्चमा पुनरावेदन गरेका सन्दीपलाई सर्वोच्चले अनुमति लिएर विदेश समेत खेल्न जान पाउनेगरी आदेश गरेपछि उनी खेल जीवनमा नियमित छन् ।

सन्दीपको मुद्दामा यसअघि पटक–पटक अन्तिम सुनुवाइ भन्दै इजलास तोकिएपनि सुनुवाइ हुन सकेको थिएन । यसअघि कात्तिक २३ मा न्यायाधीश केशवराज घिमिरेको इजालासले मंसिर २२ भित्र दुवै पक्षका वकिलहरूलाई लिखित बहस नोट पेस गर्न आदेश गरेको थियो । मंसिर २४ मा न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेसी चढेपनि सन्दीपका वकिलले स्थगित गरेका थिए । दुवै पक्षको बहसनोट आइसकेकाले अब संक्षिप्त सुनुवाइ सकिएपछि फैसला गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu