ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुश्माका प्रमुख प्रशासकीय अधिकृत सहकारी प्रकरणमा कार्यालयबाटै पक्राउ


एबीसी न्यूज
११ पुस २०८०, बुधबार   २ : १३   बजे

काठमाडौं, ११ पौष । सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधबार दिउँसो उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

“हामीले कार्यालयबाटै उहाँलाई नियन्त्रणमा लिएका हौँ, अहिले जिल्ला अस्पताल पर्वतमा मेडिकलका लागि ल्याएका छौँ ।” पर्वतका डीएसपी खुमलाल भुसालले भने ।

पराजुली कास्कीमा हुँदा सहकारी प्रकरणमा मुछिएका थिए । मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले सहकारी रजिस्ट्रारको कार्यालय पोखराको रजिस्ट्रार हुँदा घुस लिएको आरोप छ ।

कास्की प्रहरीकै अनुरोधमा पर्वत प्रहरीले उनलाई पक्राउ गरेर कास्की पठाउन लागेको हो । पक्राउ पूर्जी जारी भएयता उनी केही समय फरार थिए ।

स्रोतका अनुसार आफूविरुद्ध पक्राउ पूर्जी जारी हुने संकेत पाउनासाथ प्रमुख प्रशासकीय अधिकृत पराजुली बिदामा बसेका थिए । जिल्ला अदालत कास्कीले पक्राउ गर्न अनुमति दिएपछि कास्की प्रहरीले पर्वत प्रहरीलाई पत्र लेख्दै पराजुलीलाई उपस्थित गराउन समन्वय गर्न भनेको थियो । बिदा लिएर काठमाडौं गएका पराजुली त्यहाँ नरहेको भन्दै पर्वत प्रहरीले जवाफ पठाएको थियो ।

उनी सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा तत्कालीन समयमा रजिस्ट्रार थिए । कार्यक्षेत्र विस्तारको विषयलाई लिएर उनले करोडौँ रकम घुस लिएको आरोप छ ।

सहकारी ठगी प्रकरणमा कुश्माका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी
मित्रमिलन सहकारीले कार्यक्षेत्र विस्तार गरी गण्डकी प्रदेशभरी फैलिने योजना बनाएको थियो । त्यसकै लागि तत्कालीन रजिस्ट्रार पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ ।

रकम लिएर पनि काम नभएपछि रुष्ट बनेका सञ्चालकले नै प्रहरीलाई भिडियो प्रमाण उपलब्ध गराएका थिए । प्रहरी स्रोतका अनुसार त्यसकै आधारमा सहकारी प्रकरणमा उनको पनि संलग्नता रहेको खुलेको हो ।

सहकारी संघसंस्थाको दर्ता, नवीकरण, प्रशिक्षण, नियमन तथा दर्ता खारेजीसम्मको अधिकार रजिस्ट्रारलाई हुन्छ । त्यही अधिकार दुरुपयोग गरी उनले रकम लिएका थिए । हाल हिरासतमा रहेका सहकारीका अध्यक्ष रमण पौडेलले एक पत्रमा पनि उक्त विषय उठान गरेका थिए ।

पत्रमा सहकारीको प्रदेशभरी सेवा केन्द्र र कार्य क्षेत्र बनाउनका लागि रजिस्ट्रारलाई घुस खुवाउन भनी ‘अभिषेक काफ्ले ९खुमानन्द० र सञ्जय दाइमार्फत एक करोड २० लाख रुपैयाँ नगद मै रजिस्ट्रार उदयबहादुर पराजुलीलाई दिएको’ उल्लेख छ ।

पराजुलीले पछि दुई पटकमा २० लाख र दुई लाख गरी २२ लाख रुपैयाँ फिर्ता गरेको पनि पत्रमा उल्लेख गरिएको छ ।

३२ जनाविरुद्ध पक्राउ पूर्जी, ३१ करोड बिगो दाबी
मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलन गरेको आरोपमा ३२ जनाविरुद्ध मुद्दा चलाएको छ ।

उनीहरूबाट ३१ करोड बिगो भराउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले गत आइतबार सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको छ ।

यो प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ । ३२ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएतापनि हालसम्म पराजुलीसहित ६ जनामात्रै पक्राउ परेका छन् ।

प्रहरीले सञ्चालक समितिका अध्यक्ष रमण पौडेल पक्राउ०, उपाध्यक्ष विजय लम्साल, सचिव कुशल पौडेल, सदस्यहरू संगीता रेग्मी सुवेदी, रनिता थापा, गोपाल खनाल, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी, लेखा समितिका सदस्यहरू प्रतिक लामिछाने र जनकराज पौडेल, पूर्वउपाध्यक्ष जीवनाथ पराजुली, कार्यकारी अधिकृत किरण अधिकारी पक्राउ०, कर्जारबजार व्यवस्थापन प्रमुख सुजन आचार्य, केसरी सेवा केन्द्रका प्रमुख भुवन पौडेल, गैरसदस्य लालबहादुर घर्ती, गैरसदस्य सञ्जय पौडेल, मूल्यांकनकर्ता भ्यालुलेटर० अभिषेक भन्ने खुमानन्द काफ्ले, पूर्वलेखा समितिका सदस्यरप्रेस सल्लाहकार अर्जुन गिरी, सेयर सदस्य वडा नं। २१ क वडाध्यक्ष दीपकप्रसाद सुवेदीलाई पक्राउ पूर्जी जारी गरिएको छ।

त्यस्तै, सहकारीका बचतकर्ता विष्णुप्रसाद भण्डारी, संस्थापक सचिवरपूर्वअध्यक्ष भरत भट्टराई, गैरसेयर सदस्य सुवास अधिकारी, गैरसेयर सदस्य बामदेव सुवेदी, कानुनी सल्लाहकार जनकल्याण पराजुली, सेयर सदस्य बुद्धिसागर पौडेल, सल्लाहकाररसेयर सदस्य राजु बराल पक्राउ०, पूर्वअध्यक्ष कृष्णबहादुर राउत, सेयर सदस्य हरेराम भण्डारी, सेयर सदस्य कुमार मगर, गैरसेयर सदस्य सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखराका कर्मचारी सन्तोष घिमिरे र तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुलीलगायत ३२ जनालाई पक्राउ पूर्जी जारी गरिएको छ ।

तीन हजार ४४६ जना पीडित बचतकर्ताहरूले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको आरोपमा जाहेरी दिएका थिए । सहकारीको वित्तीय विवरण सम्बन्धमा गरिएको अनुसन्धानका क्रममा २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group