ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेरामक्स खरिदविरुद्ध सांसदहरू एकजुट, बजेट निकासी र भुक्तानीदेखि प्रविधि नै ‘शंकास्पद’


एबीसी न्यूज
११ पुस २०८०, बुधबार   ६ : ५७   बजे

काठमाडौं, ११ पौष । संसद्को सार्वजनिक लेखा समितिले टेरामक्स योजना यथास्थितिमा राख्न निर्देशन दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम कम्पनीको आम्दानी, सेवाको गुणस्तरमाथि निगरानी गर्ने र ुफ्रडु नियन्त्रण गर्ने भनेर टेरामक्स योजना अघि सारेको थियो । प्राधिकरणले ०७४ सालमा अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् टेरामक्सको थप प्रक्रिया रोक्न बुधबार लेखा समितिले निर्देशन दिएको हो ।

टेरामक्स जडानको ठेक्का मूल्य, ठेक्काका लागि छानिएको कम्पनी, यसले प्रयोगकर्ताको गोपनीयतामाथि निम्त्याउन सक्ने जोखिम र प्रविधिको गुणस्तरलाई लिएर सुरुवातदेखि नै यो योजना विवादित बनेको थियो ।

दूरसञ्चार प्राधिकरणले कार्यविधि नै नबनाएर अघि बढाएको टेरामक्स जडान गर्न खोजेको थियो । तर, टेलिकम कम्पनीले ग्राहकको गोपनीयताको विषय उठाएका थिए ।

बुधबार लेखा समितिको बैठकमा समेत नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले टेरामक्सको विषय दुई करोड ग्राहकको गोपनीयतासँग जोडिएको बताएकी छन् ।

उनले भनिन्, “हामी कानुनको प्रतिक्षामा छौँ । हामीसँग काम गर्ने प्रणाली र रेभिन्यू एसोरेन्स सिस्टम छ । आवश्यक परेको बेला नियामक निकायले अनुगमन गर्न सक्छ ।”

बैठकको अन्तमा समितिका सभापति ऋषिकेश पोखरेलले टेरामक्स योजनामा नीतिगत निर्णय गरेको नदेखिएको र मूल सम्झौता समितिलाई प्राप्त नभएको भन्दै सम्पूर्ण प्रक्रिया हाललाई यथास्थितिमा राख्न निर्देशन दिए ।

समितिको बैठकमै टेरामक्स खरिदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७८ सालमा प्राधिकरणले मागेको १५ दिनमै पूरक बजेटका लागि सहमति दिएको विषय सार्वजनिक भएको छ ।

सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतले ०७८ कार्तिक १० मा प्राधिकरणले ७० करोड माग गरेको र कार्तिक २५ गते मन्त्रालयले सहमति दिएको बताए ।

बैठकमा सांसदहरूले टेरामक्स खरिदका लागि भएको बजेट निकासी र भुक्तानीसमेत शंकास्पद देखिएको बताएका थिए ।

सांसद मनिष झाले उद्देश्य र आशय स्पष्ट नदेखिएकाले शंका गर्ने ठाउँ रहेको बताए । राष्ट्र बैंकको निर्देशनविपरीत अन्तर्राष्ट्रिय कारोबारको अनुमति नलिएरै यसका लागि भुक्तानी कसरी भयो भन्दै उनले प्रश्न गरे ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेरामक्सका लागि हालसम्म ५२ करोड रुपैयाँ ९सम्झौताको १७।३४५ प्रतिशत० भुक्तानी भएको उनले बताए । उनले यो भुक्तानी एलसी खोलेर गरिएको बताएका छन् ।

बैठकमा सांसद राजेन्द्र केसीले टेरामक्स खरिदका लागि लेबलानको कम्पनीसँग सम्झौता किन भयो र त्यसका लागि रातारात अर्बौंका कागजात कसरी बने भनेर प्रश्न गरे ।

बैठकमा सांसद केसीले भने, “टेरामक्स किन महँगो भयो रु राष्ट्र बैंकले पैसा गएको छैन भनेको छ रु कहाँबाट गयो रु ५० लाखको ल्यापटप आयो भनिएको छ, एक पटक हेर्न पाऊँ ।”

प्राधिकरणका अध्यक्ष खनालले उक्त ल्यापटप परीक्षणका लागि निःशुल्क आएको दाबी गरेका छन् । सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्राधिकरणका अध्यक्ष खनालले भने, “५० लाखको ल्यापटप फ्रीमा आएको हो । परीक्षणका लागि आएको हो । पछि भन्सारले क्लियर गरेको छ ।”

सांसद प्रदीप यादवले आमनागरिकको गोपनीयता भंग नहुने गरी कानुन बनाएर अघि बढ्नुपर्नेमा प्राधिकरणले आफूखुसी व्याख्या गरी कानुनविपरीत टेरामक्सले ल्याएको बताए ।

टेरामक्स लागु हुँदा राष्ट्रप्रमुख, प्रधानमन्त्रीदेखि सांसदको कल डिटेल निकालेर दुरुपयोग हुन सक्ने भन्दै यसलाई तुरुन्त रोक्न उनले माग गरे ।

प्राधिकरणका अध्यक्ष खनालले भने व्यक्तिगत कल डिटेल नहेरेर समग्र कल डिटेल रिपोर्ट ९सीडीआर० हेरिने बताउँदै यो अधिकार गोपनीयता ऐनमा समेत रहेको दाबी गरेका छन् ।

सांसद रामकृष्ण यादवले टेरामक्स जनताको हितमा भएको नभएको प्रश्न गरे । खरिद पारदर्शी नभएको र मुलुकको हितमा देखिएन भन्ने बुझाइ भएको भन्दै उनले यसलाई निष्कर्षमा पुर्‍याउन उपसमिति बनाएर काम गर्नुपर्ने धारणा राखे ।

सांसद गोकुल बास्कोटाले पनि यस विषयमा विज्ञ सम्मिलित छानबिन समिति बनाउनुपर्ने माग राखेका छन् ।

“सम्झौता समितिलाई बुझाउनुपर्छ । विदेशीसँग किन्ने अनि नेपालीमा तिर्ने भनिएको छ त्यो कसरी तिर्ने रु यूएनको च्याप्टर ७ मा परेको देश लेबनानसँग सम्झौता भएर साइप्रसमा पेमेन्ट गर्ने कुरा कसरी मिल्यो रु,” सांसद बास्कोटाले प्रश्न गरे ।

उनले टेरामक्स आवश्यक नभएको पनि जिकिर गरे । “कसको स्वार्थमा घिसार्नुपरेको हो रु नयाँ कुरा ल्याए भयो, यो आवश्यक छैन, यसलाई स्टप गरौँ,” सांसद बास्कोटाले भने ।

सांसद प्रेम आलेले पनि यो प्रविधि नचाहिएको जिकिर गरे । उनले टेन्डर आह्वान गर्दा २० कम्पनीले आवेदन दिए पनि क्यानडा र लेबनानका कम्पनीबीच मात्र प्रतिस्पर्धा गराएर एक अर्ब ६३ करोड भन्दा ठेक्का भएको बताए ।

“यो रकम घोटाला भएको छ । यो प्रविधि चाहिएकै छैन । यसलाई यथास्थितिमा रोकौँ । यसले राज्यलाई कंगाल बनाएको छ, छानबिन गरौँ र कारबाही गरौँ,” सांसद आलेले भने ।

सांसद हरि ढकालले टेलिकम कम्पनीहरू नाफामा भएको वर्ष टेरामक्स किन्ने योजना बन्नु शंकास्पद भएको टिप्पणी गरेका छन् ।

“नियामकहरूलाई खरिद गर्ने क्षेत्राधिकार हो रु यो तपाईंहरूको क्षेत्राधिकार हो रु,” प्राधिकरणलाई सांसद ढकालले प्रश्न गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group