ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योगीहरुकै योजनामा देशमा लोडसेडिङ भएको हो : कुलमान घिसिङ


ABC NEWS
१२ पुस २०८०, बिहिबार   ३ : १२   बजे

काठमाडौं १२ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिले उद्योगीकै आग्रहमा लोडसेडिङ भएको दाबी गरेका छन्।

प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले उद्योगीको माग पूरा गरिदिँदा त्यतिखेर देशै अन्धकारमय भएको बताएका हुन्।

‘उद्योगीको आग्रहमा नै लोडसेडिङ भयो, त्यो किन भयो भन्ने कुरा थियो’, उनले भने, ‘उनीहरुले निरन्तर माग गरे। उनीहरुको माग पूरा गर्दा देश अन्धकारमा थियो।’

उनले आफू प्राधिकरणमा आएसँगै बिजुलीको असमान वितरण अन्त्य गरेको दाबी समेत गरेका छन्।

‘म कार्यकारी निर्देशक भएर आएपछि बिजुलीको असमान वितरणको कारण लोडसेडिङ भएको भन्ने महसुस गरेँ’, उनले थपे, ‘त्यो पनि प्रष्ट छ। १० मेगावाटको कुनै उद्योगले निरन्तर बिजुली प्रयोग गर्दा ५ जिल्ला अन्धकार हुन्छ । र, त्यो भएकै थियो।’

त्यसलाई समान गर्दा र अतिरिक्त शुल्क लगाउँदा समस्या र विवाद आएको उनको दाबी छ।

विभिन्न रिपोर्टहरुले समेत अतिरिक्त शुल्क लिएर मात्रै उद्योगीलाई सफाइ दिनसक्ने देखाएकाले आफू त्यसअनुसार पनि अघि बढेको उनले बताए।

पत्रकार सम्मेलनमा उनले अहिले आएर लाइन काटेकोबारे पनि स्पष्टीकरण दिए।

महालेखाको प्रतिवेदनमा धेरै पटक प्रश्न उठेको,अदालतमा समेत मुद्दा चलिरहेको र केही अदालतबाट स्टे अर्डर समेत नआएको र केही मुद्दा समेत खारेज भएकोले लाइन काट्न बाध्य भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu