ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाग्लुङका दुर्गम गाउँ अझै अन्धकारमा : विद्युत् विस्तारको काममा ढिलाइ


एबीसी न्यूज
१५ पुस २०८०, आइतबार   १ : ३०   बजे

काठमाडौ १५ पौष । बाग्लुङका दुर्गम गाउँ अझै पनि अन्धकारमा छन् । विद्युत् विस्तारको काममा ढिलाइ भइरहेको छ ।जिल्ला सदरमुकाम बाग्लुङ बजारसँग जोडिएका पालिकाहरुमा केही वर्ष अगाडि नै केन्द्रीय लाइन पुगे पनि पश्चिम बाग्लुङका धेरै पालिकामा पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरण बाग्लुङ वितरण केन्द्रले दुर्गम गाउँमा प्रसारण लाइन विस्तारका काम थाले पनि पूर्णता पाउन नसकेको हो ।

ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गएको माघदेखि विद्युत् सेवा शुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको छैन । अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाग्ने काम भैरहेको छ । तमानखोलामा पनि गएको वर्षदेखि नै पोल गाड्न थालिएको थियो ।

तर अहिलेसम्म बिजुली बलेको छैन ।तार विस्तार गर्ने काम भैरहेको छ । निसीखोला क्षेत्रमा पनि बुर्तिबाङ बजारदेखि पोल गाड्ने र तार तान्ने काम भैरहेको छ । केन्द्रीय लाइन नपुगेका ठाउँलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्राधिकरणको बाग्लुङ शाखाका प्रमुख पवन पौडेलले बताउनुभयो । निसीखोला, तमानखोला र ढोरपाटनमा केन्द्रीय लाइन बाल्ने गरि काम भैरहेको उनको को भनाइ छ ।पश्चिम बाग्लुङका लागि गलकोटमा सबस्टेशन निर्माण भएको छ । बुर्तिबाङमा पनि १३२ केभीको सबस्टेशन निर्माण गरिँदैछ । नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासहित निसीखोलाको देवीस्थान र तमानखोलाको बोङ्गादोभानमा चाँडै केन्द्रीय लाइन पुग्ने प्रमुख पौडेलले बताए

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group