ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभामा माओवादीले ६ सिट पाउने, क्लष्टर मिलाउन बाँकी


एबीसी न्यूज
१५ पुस २०८०, आइतबार   ३ : ५६   बजे

काठमाडौं १५ पौष । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रले ६ सिट लिने लगभग सुनिश्चित भएको नेताहरूले दाबी गरेका छन् ।

फागुन २० गते ६ वर्षे कार्यकाल पुरा गरी निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनीत एक जना राष्ट्रिय सभाबाट बिदा हुँदै छन् । माओवादीबाट निर्वाचित कोशी प्रदेशकी बिना पोखरेल, सुदूरपश्चिम प्रदेशबाट प्रदेश अध्यक्ष समेत रहेका हरिराम चौधरी र महेशकुमार महराको पदावधि सकिँदै छ । साबिक स्थानमा रिक्त ३ सिट र एमालेको गुम्ने निश्चित भएको थप ३ सिट पाउने माओवादीले पाउने लगभग निश्चित भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार ७ सिट लिने गरी गठबन्धन दलहरूबिच छलफल भए पनि ६ सिटमा सहमति भएको हो । कसले कुन प्रदेश लिने र कुन क्लसट लिने भन्ने विषयमा छलफल जारी रहेको उनले बताए ।

‘हामीले ७ सिटमा दाबी गरेको हो । माओवादीले जितेको साबिक ३ सिटसहित थप ३ सिट पाउने लगभग निश्चित भएको छ । कुन प्रदेशमा कुन क्लष्टर लिने भन्ने सम्बन्धमा छलफल जारी छ’, उनले भने ।

पौडेलका अनुसार साबिक बाहेक माओवादी केन्द्रले थप बागमती, गण्डकी र कर्णाली पाउने सम्भावना रहेको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले पनि माओवादीले ६ सिट पाउने गरी दलहरूबिच सहमत भए पनि क्लष्टर मिलाउन बाँकी रहेको बताएका छन् । आइतबार बेलुकासम्म सबै प्रदेशबाट सिफारिस भएर आएमा उम्मेदवारको टुंगो लाग्ने उनले बताए ।

पटक पटक अवसर पाएका, समानुपातिकमा नाम लिस्ट भएका र कम्तीमा गत निर्वाचनमा पराजित भएका उम्मेदवारलाई उम्मेदवार सिफारिस नगर्ने गरी छलफल ढकालको भनाइ छ । राष्ट्रिय सभामा नयाँ र योग्य व्यक्तिलाई पठाउन युवा नेताहरूले दबाब दिइरहेका छन् ।

पुस पाँचमा बसेको माओवादी पदाधिकारी बैठकले प्रत्येक प्रदेश र जवस मोर्चाबाट तीनरतीन जनाको नाम सिफारिस गरेर पठाउन मातहतका समितिलाई निर्देशन दिएको थियो । सबै प्रदेशबाट सिफारिस भएर आउने क्रम जारी रहेको मंगलबारसम्म निर्णय हुन सक्ने उनले बताए । ६ सिटका लागि सबै प्रदेशबाट करिब डेढ सयको हाराहारीमा सिफारिस भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group