ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के–के भए त सन् २०२३ मा चर्चित घटना


एबीसी न्यूज
१६ पुस २०८०, सोमबार   ८ : ५६   बजे

काठमाडौं, १६ पुस । आजबाट अंग्रेजी नयाँ वर्ष २०२४ सुरु भएको छ। अंग्रेजी नयाँ वर्ष सन् २०२४ लाई संसारभरका मानिसहरूले स्वागत गरिरहेका छन्। नेपालमा पनि विभिन्न कायर्यक्रम गरि मानइँदैछ। युरोप र अफ्रिकामा विशाल भिड जम्मा भएका छन् भने मध्यपूर्व र एशियाका कैयौँ सहरमा पनि नयाँ वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरिएका छन्। उत्तर र दक्षिण अमेरिकामा पनि नयाँ वर्षका उत्सवहरू मनाउने क्रम जारी छ।नयाँ वर्षमा पूराना कुरालाई विर्सेर नयाँ जोश र उमंगका साथ मानिसहरु रमाइरहेका छन्। नयाँ वर्षको स्वागत गरिरहँदा सन् २०२३ भने विश्व शान्ति मानव जातिका लागि भने सुखद् रहेन।

के–के भए त सन् २०२३ मा चर्चित घटना

सन् २०२३ मा कोरोनाको गम्भीर अवस्थाबाट मानिसले राहतको सास लिए। विश्व स्वास्थ्य संगठनले तीन वर्षदेखि आक्रान्त कोरोना महामारी सन् २०२३ मा अन्त्य भएको घोषणा गर्‍यो। तर, विश्वमा ठूला शक्तिले सानोलाई थिचोमिचो गर्ने, शक्तिशाली राष्ट्रकाबीच युद्ध चल्ने क्रम भने चलिनै रह्यो।

सन् २०२२ को फेब्रुअरीदेखि सुरु भएको रुस युक्रेन युद्ध अझै जारी रहेको छ। यसबीचमा ३० हजार हाराहारी युक्रेनी सेना, १० हजारभन्दा बढी सर्वसाधारण मारिए।
सन २०२३ कै अक्टुबर ७ मा प्यालेस्टाइनी सशस्त्र समूह हमासले इजरायलमा अकस्मात आक्रमण गरेपछि युद्धको विजारोपण भयो। त्यसपछि इजरायलले प्रत्याक्रमण गर्दा गाजा ध्वस्त भयो। इजरायल सरकारका अनुसार १२ सयभन्दा बढी इजरायलीको मृत्यु भयो भने झण्डै सात हजार घाइते भए।

यो वर्ष ठूलो क्षति र चर्चामा रह्यो लिबियाको बाढी। बाढीले वित्तण्डा मच्चाउँदा नदी तटीय सहर ८० प्रतिशत क्षेत्र बगरमा परिणत भयो। बाढीले पाँच हजारभन्दा बढी मानिसको ज्यान लियो भने लाखौं घरबारविहीन हुन पुगे।
भूकम्पले यो वर्ष टर्की, सिरिया र मोरक्कोमा ठूलो क्षति पुर्‍यायो। टर्की भूकम्पले ४५ हजारभन्दा बढी मानिसको मृत्यु भयो भने एक लाखभन्दा बढी घाइते भए। टर्कीमा डेढ करोडभन्दा बढी मानिस र ४० लाखभन्दा बढी घरहरुमा क्षति पुग्यो। सिरियामा सात हजारभन्दा बढीको ज्यान गयो। सुडान गृहयुद्धका कारण यो वर्ष १० हजारभन्दा बढीको मृत्यु भयो। यो वर्ष भारतले विश्वमा चमत्कारीक काम गर्यो।

भारतले पठाएको चन्द्रयान–३ मिसन चन्द्रमामा अवतरणमात्र भएन, उसले पृथ्वीमा डाटा पनि पठाउन सफल भयो। भारत सफल हुँदा चन्द्रमा मिसन सफल बनाएको रुसी अन्तरिक्ष यान भने यो वर्ष विस्फोट हुन पुग्यो।
आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईले यो वर्ष विज्ञान र प्रविधिको जगतमा ठूलै तहल्का मच्चायो। गत वर्ष च्याट जिपिटीबाट सुरु भएको विकास क्रम सन् २०२३ को अन्तसम्ममा आइपुग्दा विभिन्न भाषामा चाहेको व्यक्तिको आवाज, चाहेको व्यक्तिको भिडियो बनाउनेसम्म पुग्यो।

खेलमा यो वर्ष नै दुई ठूला विश्वकप प्रतियोगिता भए। भारतमा एक दिवशीय विश्वकप आयोजना भयो। यो खेलमा आयोजक भारतलाई हराउँदै अष्ट्रेलियाले उपाधि जित्यो। महिला विश्वकप पनि यही वर्ष भयो। अस्टेलिया र न्यूजिल्याण्डमा भएको प्रतियोगितामा इंग्ल्याण्डलाई हराउँदै स्पेनको महिला टोली विश्व च्याम्पियन बन्यो। चीनको हान्जाउमा एसियन गेम्सको आयोजना भयो। आयोजक चीनले ३०० भन्दा बढी पदक जितेर खेलमा पनि आफू अब्बल रहेको प्रमाणित गर्‍यो।

सारको पूर्वी भागमा व्यापक गर्मीको अनुभव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group