ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकुमारी घटना अनुसन्धान गर्न आयोग गठन


एबीसी न्यूज
१६ पुस २०८०, सोमबार   २ : २५   बजे

काठमाडौं १६ पौष । ललितपुरको बालकुमारीमा प्रहरीको लाठी र गोली प्रहारबाट दुई युवक मारिएको घटना अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको संयोजकत्वमा आयोग गठन गरेको हो।

आयोगमा पूर्वएआईजी अरुण बिसी र गृहका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन्।  बालकुमारी घटनामा भएको मानवीय र अन्य क्षतिको विवरण अध्ययन गर्ने जिम्मेवारी आयोगलाई दिइएको सञ्चारमन्त्री शर्माले बताइन्।

उनका अनुसार घटनाबारे अध्ययन गरी प्रतिवेदन बुझाउन तथा दोषी देखिएकालाई कारबाहीका लागि सिफारिस गर्न आयोगलाई एक महिनाको समय दिइएको छ।

यसअघि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरिसकिएको छ।

गत शुक्रबार ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।

सरकारले उनीहरुका परिवारलाई १०र१० लाख दिने निर्णय यसअघि नै गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group