ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मिचिएको भूमि फिर्ता गरौँ भन्दा सरकारलाई अन्कम्फर्टेबल हुन्छ’


एबीसी न्यूज
१६ पुस २०८०, सोमबार   ४ : ०७   बजे

काठमाडौं१६ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतद्वारा मिचिएको भूमि फिर्ता ल्याउँ भन्दा गठबन्धन सरकारलाई अन्कम्फरटेबल हुने गरेको बताएका छन्।

नेपाली कांग्रेसद्वारा सोमबार आयोजित मेलमिलाप दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

ओलीले नेपालीका पुर्खाहरू तोपसँग खुकुरी जुधाउने गरेको भन्दै अहिले छिमेकीसँग आँखा जुधाउन पनि डराउने अवस्था आएको बताए।

 

‘पहिले हाम्रा पुर्खा तोपसँग खुकुरी जुधाउँथे, अहिले हामी आँखा जुधाएर कुरा गर्न सक्दैनौँ’, उनले भने, ‘हाम्रो सार्वभौम सत्ताप्रति हामीलाई गर्व छ। हाम्रो मिचिएको जमिन फिर्ता ल्याउनुपर्छ। १८१६ मा मिचिएको जमिन १९६२ मा भारतले चीनसँग लड्न घाँटी परेका ठाउँमा ल्याएर फौज राख्यो।’

उनले भारत छिमेकी भइसकेपछि खुलेर कुरा गर्नुपर्ने बताए। ‘भारत हाम्रो मित्र हो मित्र भनेपछि कुरा गर्न सक्नुपर्छ। हाम्रो मर्का खुलेर भन्न सक्नुपर्छ’, उनले भने, ‘तर सरकार अनकम्फर्टेबल ढंगले कुरा गर्छ, अहिले पनि हामी कम्फरटेबल भएर कुरा गर्नुपर्छ भन्दैछौँ।’

ओलीले सुशासन, विकास र सामाजिक न्यायको सवालमा राष्ट्रिय सहमति आवश्यक रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group