ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार चालकलाई थुनामा राख्ने आदेश, अदालतबाहिर नाराबाजी


एबीसी न्यूज
२२ पुस २०८०, आइतबार   ४ : ०४   बजे

काठमाडौं २२ पौष । गण्डकी मेडिकल कलेजमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको घटनामा कास्की जिल्ला अदालतले कार चालकलाई पुर्पक्षका निम्ति थुनामा राख्ने आदेश गरेको छ ।

गएको मंसिर २४ गते कास्कीको लेखनाथस्थित अर्घौँचोकमा कारले ठक्कर दिँदा स्कुटरमा सवार २३ वर्षीया अनिशा खड्का र २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो । खड्का पोखरा महानगरपालिका–२५, हेम्जाकी र बराल पोखरा–५, प्रस्याङमा बस्थिन् ।

कलेजमा अध्ययनपछि घर फर्कने क्रममा पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । कार मानबहादुर बानियाँले चलाएका थिए ।

बानियाँलाई सवारी ज्यानसम्बन्धी मुद्दामा आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले पुर्पक्षका निम्ति थुनामा पठाउने आदेश दिएको हो । उक्त घटनामा डिल्लीराम बरालले कार चालक बानियाँलाई विपक्षी बनाई उजुरी दिएका थिए ।

बानियाँको थुनछेक बहस आइतबार हुने थाहा पाएपछि आरोपित रिहा हुने आशंकामा मृतकका आफन्तले अदालतबाहिर नाराबाजी गरेका थिए । आरोपितलाई रिहा नगर्न नहुने माग गदै मृतकका आफन्त, आमा समूह, क्लब तथा स्थानीयले अदालतबाहिर प्रदर्शन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group