ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ५ सभामुख घर्तीको राजनितिक यात्रा


admin
२ फाल्गुन २०७४, बुधबार   ४ : २९   बजे

काठमाडौं, २ फागुन । प्रदेश ५ को सभामुखमा माओवादी केन्द्रका पुर्ण बहादुर घर्ती चुनिएका छन् । बुधबार बसेको प्रदेश सभा बैठकले रुकुम पूर्वका घर्तिलाई सभामुखमा चयन गरेको हो । बैठकको जेष्ठ सदस्यको हैसियतले सभामुखको भुमिका निर्वाह गरेका बलदेव शर्मा पोखरले पूर्णबहादुर घर्तीलाई निर्वरोध सभामुखमा चयन गरेको घोषणा गरेको थिए ।

घर्तीले मंगलबार प्रदेशसभा संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएका थिए । उनका विरुद्ध अन्य दलबाट कसैले पनि उम्मेदवारी दर्ता नगराएपछि आज निर्वरोध रुपमा चयन गरिएको घोषणा गरिएको हो ।

आजको बैठकमा मओवादी केन्द्रका सचेतक दघिराना न्यौपानको प्रस्ताव र एमाले सचेतक भुमीस्वर ढकालको समर्थनमा घर्ति सभामुख बनेका हुन् ।
।

प्रदेश ५ को संसदमा वाम गठबन्धनको आरामदायी बहुमत छ। ८७ सांसदमध्ये गठबन्धनसँग ६१ सांसद छन्।

सभामुखमा निर्वा्चित भएसँगै प्रदेश प्रमुख उमाकान्त झाले बुधबार साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालय दरबारमार्ग लाइनमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयका सचिव सनदकुमार दवाडीले जानकारी दिए। आजको बैठकले उप सभामुखको निर्वाचन फागुन ६ गतेलाई तोकेको छ ।

राजनितीक यात्रा

आज सभामुखमा निर्विरोध रहेका पूर्णबहादुर घर्ती पूर्वी रुकुम प्रदेशसभा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट विजयी बनेका हुन्। पार्टिको प्रदेश संयोजकको रुपमा काम गरेका घर्ति भूमे गाउँपालिका वडा नम्बर ९ रुकुममा २०२४ असार २९ गते जन्मिएका थिए ।

२०३६ सालबाट राजनीतिमा लागेका थिए। २०४८ सालमा नेकपा एकता केन्द्र जिल्ला उपसमिति रुकुमको पहिलो सम्मेलनवाट जिल्ला समितिमा निर्वा्चित हुँदै एकता महाधिवेशन प्रतिनिधि बनेका उनी राजनीतिकर्मीका साथै कलाकार पनि हुन्।

२०४७ देखि २०५१ सम्म सिस्ने सांस्कृतिक समूह रुकुमको संयोजक बनेर उनले सांस्कृतिक मोर्चा सम्हालेका थिए। माओवादी युद्धका बेला उनी रुकुमको जनसरकार प्रमुख भएका थिए।

२०५३ देखि २०५६ सम्म माओवादी रुकुमको जिल्ला सेक्रेटरी, २०५७ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनवाट नेकपा माओवादीको केन्द्रीय सदस्य, २०५७ देखि २०५८ सम्म म्याग्दी, बाग्लुङ र रुकुमको इञ्चार्ज तथा केन्द्रीय सदस्य, २०५८ देखि २०५९ सम्म भेरी कर्णाली क्षेत्र अन्तर्गत डोल्पा, जाजरकोट र सुर्खेतको इञ्चार्ज तथा केन्द्रीय सदस्य थिए।

यस्तै, २०६२ देखि २०६४ सम्म माओवादी रुकुम जिल्ला इन्चार्ज, २०६५ देखि २०६७ सम्म एनेकपा माओवादी मगरात राज्य सेक्रेटरी तथा केन्द्रीय सदस्य, २०६८ देखि २०७० सम्म नेकपा क्रान्तिकारी माओवादीको थारुवान् राज्य इञ्चार्ज तथा केन्द्रीय सदस्य, २०७१ देखि २०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगरात इञ्चार्ज तथा पोलिटब्युरो सदस्य रहेका थिए।

उनी हाल नेकपा माओवादी केन्द्र ५ नम्बर प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य छन्। उनले आज सभामुख पदमा संसदले घोषण गरेपछि क्षेत्रगत र पार्टि गत भन्दा पनि आफ्नो पदको भुमीकालाई बिषेश ख्याल गरी काम गर्ने बताए ।

 

विभिन्न अनलाईनबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group