ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपाले मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिन ‘ह्वीप’ जारी गर्‍यो


ABC NEWS
८ भदौ २०८३, सोमबार   १ : ०५   बजे

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वाग्मती प्रदेश संसदीय दलले मुख्यमन्त्री किरण थापामगरले माग गर्ने विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्वीप जारी गरेको छ ।

राप्रपा वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक डम्बर तामाङले जारी गरेको पत्रमार्फत प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री थापामगरले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिइएको हो ।

पत्रमा भदौ ७ गते बसेको दलको बैठकको निर्णय, संसदीय दलका नेताको आदेश तथा राप्रपा संसदीय दलको विधानअनुसार ह्वीप जारी गरिएको उल्लेख छ ।

यसअघि राप्रपाकै प्रमुख सचेतक कुमारी तामाङले भने मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न वा तटस्थ बस्न निर्देशन दिएकी थिइन् । एउटै दलबाट विश्वासको मतका विषयमा दुई फरक निर्देशन आएपछि राप्रपाभित्रको विवाद थप पेचिलो बनेको छ ।

मुख्यमन्त्री थापाले आज दिउँसो १ बजे बस्ने वाग्मती प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । उनलाई विश्वासको मत प्राप्त गर्न ५३ सांसदको समर्थन आवश्यक पर्नेछ ।

वाग्मती प्रदेशसभामा नेकपा (एमाले)का २५ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २६ गरी ५१ सांसद मुख्यमन्त्री थापाको पक्षमा रहेको बताइएको छ । त्यसैले थप समर्थनका लागि राप्रपाको मत निर्णायक हुने देखिएको छ ।

नेपाली कांग्रेसले भने मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्ने जनाएको छ ।

मुख्यमन्त्री थापाले विश्वासको मत पाउने वा नपाउने विषयमा राप्रपाका सांसदको निर्णय महत्वपूर्ण हुने भएकाले आजको प्रदेशसभा बैठकलाई चासोका साथ हेरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सांसदलाई प्रभावकारी बनाउन नेकपाको प्रशिक्षण, एआईदेखि गलत सूचना पहिचानसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सांसदलाई प्रभावकारी बनाउन नेकपाको प्रशिक्षण, एआईदेखि गलत सूचना पहिचानसम्म

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको औपचारिक पत्र, उपसभामुखलाई बुझाइयो आठ कागजात

Ukraine Hosts Allies in Kyiv Amid Push for Air Defense Aid

Gaza’s Healthcare System Collapses, Leaving Vulnerable Populations Without Access

Hiroshima, Nagasaki, and a Soviet Spy: Three Events That Shifted World Power in August 1945

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu