ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जामन्त्री बस्नेत-भारतसँग १० हजार विद्युत् व्यापार सम्झौता नेपालको आवश्यकता


एबीसी न्यूज
२४ पुस २०८०, मंगलबार   २ : ५९   बजे

काठमाडौं २४ पौष । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता नेपालको आवश्यकतामा भएको बताएका छन् । नेपालमा आगामी १२ वर्षमा कम्तीमा २९ हजार मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण मन्त्रालयको रहेको मन्त्री बस्नेतले बताए ।

भारतसँग १० हजार विद्युत् व्यापार सम्झौता नेपालको आवश्यकता स् ऊर्जामन्त्री बस्नेत   मन्त्री बस्नेतले नेपालमा विद्युत उत्पादन बढ्दै गएको तर आन्तरिक खपत सोही तवरमा नबढ्ने भएकाले भारतसँग सम्झौता गरेर नेपालमा उत्पादित विद्युत् बेच्ने सम्झौता भएको जानकारी दिएका हुन् ।

 

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा मन्त्री बस्नेतले भने, ुभारतसँग ऊर्जा सम्झौता आजको नेपालको आवश्यकता थियो । यसले मुलुकको समृद्धिमा टेवा पुर्‍याउँछ ।

मन्त्री बस्नेतले नेपालमा पछिल्लो समय उत्पादन भइरहेको विद्युत् परियोजनाको क्षमता हेर्दा अबको १२ वर्षमा २९ हजार मेगावाटसम्म उत्पादन हुने मन्त्रालयको प्रक्षेपण रहेको भनाइ राखेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको गत मे ३१ देखि जुन ३ सम्म भएको भ्रमणका क्रममा दुवै मुलुकका सचिवहरूबीच १० हजार मेगावाट विद्युत व्यापार गर्ने दीर्घकालीन सम्झौतामा हस्ताक्षर भएको सोही आधारमा जनवरी ४, २०२४ मा भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा ऊर्जा व्यापार सम्झौतामा पूर्ण हस्ताक्षर भएको मन्त्री बस्नेतले जानकारी दिए ।

यस सम्झौताले अन्तरदेशीय प्रसारण लाइनको अधिकतम उपयोग सुनिश्चित हुने पनि मन्त्री बस्नेतको भनाइ थियो । यो सम्झौताले क्षेत्रिय विद्युत् व्यापार प्रवर्धन हुने उनले दाबी गरेका थिए । नवीकरणीय ऊर्जा त्यसमा पनि मुख्यतः जलविद्युत परियोजनामा नेपाल र भारतको संयुक्त लगानीलाई प्रोत्सहन गर्नमा यो सम्झौताले बल पुग्ने उनको भनाइ थियो ।

नेपाल र भारतबीच भएको ऊर्जा सम्झौता २५ वर्षका लागि भएको र प्रत्येक १० वर्षमा स्वतः नवीकरण हुने व्यवस्था रहेको पनि मन्त्री बस्नेतले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group