ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरपालिकाको कार्यालय सार्ने विषयमा बृन्दावनमा झडप, दर्जन बढी घाइते


admin
२ फाल्गुन २०७४, बुधबार   ६ : १०   बजे

रौतहट, २ फागुन । रौतहटको बृन्दावन नगरपालिकाको कार्यालय ५ सय मिटर टाढा हर्षाहा चोकमा सार्ने निर्णय भएपछि रौतहटमा झडप भएको छ । स्थानीयवासीले नगरपालिका कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २१ राण्ड अश्रुग्यास प्रहार गरेको छ ।

स्थानीयवासीले बुधबार विहानैबाट नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेका छन् । अश्रुग्यास प्रहार गर्दा समेत स्थानीयवासीले ढुंगामुढा गर्न नछाडेपछि प्रहरीले लाठी चार्ज समेत गरेको छ ।

झडपमा परी स्थानीय र सुरक्षाकर्मीहरु तर्फ एक दर्जन भन्दा बढी घाइते भएको भनिएपनि संख्या एकिन भएको छैन । अश्रुग्यासले एक जना बालक गम्भीर भएको बताइएको छ ।

स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्लाका अन्य युनिटहरुबाट प्रहरी र सशस्त्र प्रहरीलाई त्यहाँ पठाइएको रौतहटका एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

एसपी पोखरेलले स्थानीयवासीहरुले विश्राम्पुरबाट कुनैपनि अवस्थामा कार्यालय सार्न नदिने अडान राखेर कार्यालयमा ढुंगामुढा गर्न नछोडेपछि अश्रुग्यास प्रहार गरेको बताए ।

स्थानीयवासीले नगरपालिकाको कार्यालयको कम्पाउण्डका ढोका फुटालेर कम्पाउण्ड भित्र प्रवेश गरेका छन् ।

नेपाल सरकारको नीतिअनुसार नगरअधिवेशन पछिको पहिलो बैठकबाट मेयर सहितका पदाधिकारीहरुले विश्राम्पुरबाट नजिकै रहेको गौर चन्द्रनिगाहपुर सड्कखण्डमा पर्ने हर्षाहा चोकमा नगरपालिकाको कार्यालय सार्ने निर्णय गर्न लाग्दा स्थानीयवासी आक्रोशित भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu