ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विज्ञापन नीति ल्याउँदै सरकार, मिडिया वर्गीकरण गरेर दररेट तोकिने


एबीसी न्यूज
२९ पुस २०८०, आइतबार   १ : २९   बजे

काठमाडौं २९ पौष । सरकारले राष्ट्रिय विज्ञापन नीति, २०८० ल्याउने तयारी गरेको छ । राष्ट्रिय विज्ञापन नीति, २०८० विज्ञापन बोर्डले तयार पारेको हो ।

गएको असारमै बोर्डले विज्ञापन नीतिको मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले अहिले नीति थप प्रक्रियामा अघि बढाइएको जनाएको छ ।

राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा तयार भइसकेर सहमतिका निम्ति अर्थ मन्त्रालय र योजना आयोगमा पठाइएको सञ्चार मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्रप्रसाद सुवेदीले बताए । अर्थ र आयोगबाट सहमति भएपश्चात् नीति स्वीकृतका निम्ति मन्त्रिपरिषद्मा पठाइने उनले जानकारी दिए ।

विज्ञापन बजारको विकास, विस्तार, प्रभावकारी अनुगमन र नियमन गर्न राष्ट्रिय विज्ञापन नीति, २०८० बनाइएको विज्ञापन बोर्डले जनाएको छ । विज्ञापन चक्रमा सहभागी विज्ञापनदाता, एजेन्सी, सञ्चारमाध्यम र उपभोक्ताले अपनत्व ग्रहण गर्न सक्ने गरी नीति बनाइएको मस्यौदामा उल्लेख छ ।

सञ्चारमाध्यमको प्रकृतिअनुरूप पहुँच, प्रभाव, लोकप्रियता, वितरण, दर्शक, पाठक तथा स्रोता एवं आगन्तुक संख्याका वर्गीकरण विषय समेत नीतिमा उल्लेख छ ।

“वर्गीकरणको आधारमा दररेट तोक्ने र तोकिएको दररेटमा कारोबार गर्ने प्रचलनको विकास गर्न सके विज्ञापन बजार थप विस्तार हुने सम्भावना छ,” विज्ञापन नीतिको मस्यौदामा भनिएको छ ।

विज्ञापन क्षेत्रलाई व्यवस्थित गर्न सञ्चारमाध्यमको वस्तुगत वर्गीकरण र स्तरीकरण हुन नसकेको विषयलाई नीतिमा समस्याका रूपमा उल्लेख गरिएको छ ।

विज्ञापन बजारमा अस्वस्थ प्रतिस्पर्धा, डिजिटल सञ्चारमाध्यम र सामाजिक सञ्जालमा हुने विज्ञापन नियमनको दायरामा आउन नसकेको विषय पनि समस्याका रूपमा राख्दै समाधान गर्ने गरी नीति ल्याइने भएको छ ।

विभिन्न क्षेत्रका विज्ञापनमा नियन्त्रणका कारण बजार अपेक्षाकृत विस्तार हुन नसकेको विषय समेत नीतिमा समावेश छ ।

आमसञ्चारमाध्यम, बाह्य विज्ञापन, डिजिटल माध्यम तथा सामाजिक सञ्जाल, चलचित्र गृहलगायत विभिन्न कार्यक्रममा हुने विज्ञापनलाई नियमनको दायरामा ल्याइने विषय नीतिमा उल्लेख छ ।

विज्ञापन बजारबाट राजस्व बढाउने र थप रोजगारी सिर्जना गर्ने उद्देश्य पनि नीतिको छ । सामाजिक सञ्जालका विज्ञापनले विदेशी मुद्रा सञ्चितिमा पार्न सक्ने प्रभाव कम गर्न समेत नीतिले काम गर्नेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu