ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय कृषक समूह महासंघ कोसीले प्रदेश सरकारलाई बुझायो ३८ बुँदे ध्यानाकर्षणपत्र


एबीसी न्यूज
१ माघ २०८०, सोमबार   ३ : २५   बजे

काठमाडौं १ माघ । राष्ट्रिय कृषक समूह महासंघ कोसी प्रदेशले कोसी प्रदेश सरकारलाई ३८ बुँदे ध्यानाकर्षण गराएको छ । खस्कँदो बजार, रोग र सरकारको बेवास्ताका कारण दुग्ध, अर्थोडक्स चिया, अलैँची खेती, तरकारी र अन्नबालीको पछिल्लो अवस्था विकराल बन्दै गएको भन्दै महासंघले प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

महासंघका प्रदेश अध्यक्ष कुसुम दाहालसहितको प्रतिनिधिमण्डलले आइतबार आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईलाई ध्यानकर्षणपत्र बुझाएको छ । महासंघले दुग्ध र दुग्धजन्य व्यवसाय करिब एक वर्षदेखि समस्यामा रहेको जनाएको छ ।

यस्तै, खेतबारी मासेर लगाएको हरियो चियापत्तीको मूल्य महिनौँदेखि कृषकले नपाएको महासंघको गुनासो छ । प्रदेशमा अलैँचीको ७५ प्रतिशत बगान मासिएको महासंघले जनाएको छ ।

“यो मुलुककै लागि चुनौतीको विषय हो । तर, यतातर्फ सरकारको ध्यान नपुगेको हाम्रो ठहर छ । तीन तहको सरकारले समस्या समाधानका लागि तत्काल पहल थाल्न ध्यानाकर्षण गराउँछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

महासंघले भारतबाट आयात गरिने दुग्धपदार्थभन्दा सस्तोमा दुग्ध उत्पादन गर्ने वातावरण बनाउन, लम्पी स्किन रोग नियन्त्रणका निम्ति खोप अभियान तीव्र बनाउन माग गरेको छ ।

यस्तै, चियामा देखिएको समस्या समाधान गर्न, किसानको हरियो चियाको मूल्य भुक्तानी र अलैँची रोग व्यवस्थापन तथा बजार विस्तारमा सहजीकरण गर्न ध्यानाकर्षण गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu