ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री शेरधन राईको आज ३ बजे शपथ


एबीसी न्यूज
३ फाल्गुन २०७४, बिहिबार   ८ : १७   बजे

विराटनगर, ३ फागुन । नेकपा एमालेका संसदीय दलका नेता शेरधन राई प्रदेश १ को मुख्यमन्त्रीमा हिजो नियुक्त हुनु भएको छ । प्रदेश प्रमुखको कार्यालयले उहालाई हिजो अपरान्ह ३ बजे नियुक्त गर्दै आज अपरान्ह ३ बजे शपथ ग्रहणको कार्यक्रम तय गरेको छ ।

एमाले तथा माओवादी केन्द्रले १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नु पर्ने दावी गर्दै शुक्रवार प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गराएका थिए । त्यसैको आधारमा प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईले जानकारी दिनुभयो ।

नेपालको संबिधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश नेता राईलाई प्रदेश प्रमुख प्रा.डा. गोबिन्द बहादुर तुम्बाहाङले नियुक्त गर्नु भएको हो । यसैविच प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिएपछि कुरा गर्दै राईले आजनै सानो आकारको मन्त्री मण्डल बनाउने जानकारी दिनुभयो । संबिधानले प्रदेश सभा सदस्यको १० प्रतिशत संख्याको आधारमा मन्त्रालय तथा मन्त्री बनाउने बाटो रहेको भएपनि संबिधानमा उल्लेख गरिएको भन्दा सानो आकारको मन्त्रीमण्डल बनाएर कार्य संचालन हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu