ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रदर्शन तथा भीड नियन्त्रणमा घातक हतियारको प्रयोग निषेध गर्न सर्वोच्चमा रिट


एबीसी न्यूज
२ माघ २०८०, मंगलबार   २ : ०२   बजे

काठमाडौं २ माघ । सर्वोच्च अदालतमा जनप्रदर्शन तथा भीड नियन्त्रणका लागि घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै रिट दायर भएको छ । पछिल्लो समय प्रदर्शनकै क्रममा ललितपुरको बालकुमारीमा दुई युवा र सर्लाहीको बरहथवामा एक युवाको प्रहरीको गोलीबाट मुत्यु भएको प्रकरणलाई आधार बनाएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार रिट दायर गरेका हुन् ।

उनले अन्तर्राष्ट्रिय महासन्धिले पनि भीड नियन्त्रणमा घातक हतियारको प्रयोग र अनावश्यक बल प्रयोग दुवै निषेधित गरेको भन्दै त्यस्तो कार्यमा संलग्न सुरक्षा अधिकारी समेतलाई कारबाही गर्ने स्पष्ट व्यवस्था गरेको उल्लेख गरेका छन् । नेपालको संविधानले पनि प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको भन्दै सम्मानपूर्वक बाँच्नका लागि व्यवस्था गरिएका मौलिक हकमा समेत राज्यले नै प्रहार गरिरहेको उल्लेख गरेका छन् ।

“मौलिक हक भनेको संविधानको मुटु एव आत्मा हो, राज्यको आधारभूत कर्तव्य नै आफ्ना नागरिकको अधिकार एव स्वतन्त्रताको सुनिश्चितता हो,” त्रिपाठीले रिटमा भनेका छन्, “आफ्ना नागरिकहरूको हकलाई सुनिश्चित गर्न नसक्ने राज्यले आफ्नो वैधता गुमाउँदछ ।”

उनले नागरिकहरूको सबैभन्दा मूल्यवान् अधिकार भनेको जीवनको अधिकार भएको भन्दै त्यहीँ अधिकारबाट अन्य अधिकारहरू निश्चित हुने र राज्यलाई नागरिकको जीवन अपहरण गर्ने अधिकार नरहेको बताएका छन् । लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्ने र सरकारका गलत क्रियाकलापको विरोध गर्ने अधिकार रहेको भन्दै त्यस्ता विरोध प्रदर्शनमा घाटक हतियार र मेटल बुलेटको प्रयोगमा प्रतिबन्ध लगाउन उनले माग गरेका छन् ।

यस्तै, उनले भीड नियन्त्रणका लागि अत्यधिक बल प्रयोग एवं हिंसात्मक साधनको प्रयोगलाई बर्जित गर्न, भीड नियन्त्रणका लागि अहिंसात्मक तौरतरिकाबारे प्रदर्शन व्यवस्थापनका लागि खटिने प्रहरीहरूलाई अनिवार्य प्रशिक्षण दिन तथा गैरघातक हतियारको प्रयोग गर्दा पनि मानव अधिकारका आधारभूत मापदण्डहरूको प्रयोग सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले निहत्था नागरिकमाथि घातक हतियार प्रयोग गर्ने र प्रयोगको आदेशमार्फत जीवन अपहरणमा संलग्न जो कोहीलाई आपराधिक दायित्वसहित ज्यानसम्बन्धी कसुरमा अभियोजनको व्यवस्था गर्न माग गरेका छन् । उनले राष्ट्रसंघको कानुन कार्यान्वयन गर्ने निकायद्वारा शक्तिको प्रयोग सम्बन्धमा आधारभूत सिद्धान्त १९ कार्यान्वयनका लागि आवश्यक बन्दोबस्तको आदेश पनि माग गरेका छन् ।

रिटमा घातक हतियारको प्रयोगमा प्रतिबन्धसँगै प्रहरीलाई आत्मसुरक्षाका लागि हेलमेट, सुरक्षा ज्याकेट एवम् बुलेटप्रुफको निरन्तर आपूर्तिको पनि माग रिएको छ । रिटमा नागरिकको जीवन रक्षाका अधिकार सुनिश्चित गर्न तत्काल घातक हतियार र अत्यधिक बल प्रयोगमा प्रतिबन्ध लाउनेका लागि अन्तरिम आदेश समेत माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu