ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘वाइडबडी’ जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउण्डेड’


एबीसी न्यूज
२ माघ २०८०, मंगलबार   २ : ०७   बजे

काठमाडौं २ माघ । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ ।

जहाज ग्राउण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो ।

ग्राउण्डेड जहाजको अहिले प्राविधिक मर्मत भइरहेको छ । रोकिएका यात्रुलाई आज साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने उनले जानकारी दिए ।

“हिजो राति दोहा उडानका यात्रु जहाजमा प्राविधिक समस्याका कारण रोकिएका थिए । यात्रुहरूलाई आज साँझ ७ः४५ बजेको उडानमार्फत गन्तव्य लैजाने तयारी गरिएको छ । यात्रुलाई दिउँसो ४ बजे विमानस्थलको समय दिइएको छ”, प्रवक्ता पौडेलले भने ।

निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये एक न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । निगमको जहाजमा पटक–पटक प्राविधिक समस्या आउँदा उडान प्रभावित हुने गरेको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज छन् । काठमाडौंबाट दोहा उडानको तयारीमा रहेका २७६ यात्रुलाई राति होटेलमा राखेको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu