ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ६० जना पुरुषमाथि अनुसन्धान, ४ आरोपी पक्राउ


एबीसी न्यूज
३ माघ २०८०, बुधबार   ११ : २४   बजे

काठमाडौं, ३ माघ । काभ्रेको पाँचखालमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर अनुधन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।काभ्रेको पाँचखाल नगरपालिका– ७ शिखरपुरको जंगलमा पाँच दिनअघि (२७ पुसको राति) स्थानीय १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको हो।

बलात्कारमा संलग्न भएको आरोपमा उदयपुरको ताप्ली गाउँपालिका ८ घर भइ हाल पाँचखाल नगरपालिका ७ मा डेरागरी बस्ने २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका ८ घर भइ पाँचखाल ७ बस्ने घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका ४ घर भई हाल पाँचखाल ७ बस्ने १९ वर्षीय अमर बिक र १७ वर्षीय एक किशोर छन्। उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट मंगलबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक धमेन्द्र अकौलियाले जानकारी दिए। ‘युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ पर्ने सबै मजदुर हुन्,’ इन्सपेक्टर अकौलियाले भने, ‘विवाहित ती युवती पनि मजदुर नै हुन्।

रसुवा माइती भएकी ती युवतीका पति घरमा छैनन्। उनीहरुले पुस २७ गते साँझ पाँचखाल नगरपालिका ७ शिखरपुरस्थित फुटबल ग्राउण्ड नजिकको झाडीमा लगेर युवतीलाई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।’ प्रहरीका अनुसार ती युवती साँझ साथीहरुसँगै ‘इभिनिङ वाक’मा घरबाहिर निस्केको बेला बलात्कारमा परेकी हुन्।

साथीहरु घर फर्किए पनि उनी राति अबेलासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए। सामूहिक बलात्कारबाट बिछिप्त बनेकी ती युवतीले आत्महत्या गर्ने तयारी गरिरहेको अवस्थामा फेला पारिएको जानकारी आफन्तले प्रहरीलाई गराएका छन्। ‘उनका आफन्तले युवतीले आत्महत्या गर्ने तयारी गरिरहेको बेला फेला पारिएको बताएका छन्,’ इन्सपेक्टर अकौलियाले भने। आफूलाई बलात्कार गर्नेहरुको पहिचान युवतीले गर्न नसकेपछि प्रहरीले ६० जना भन्दा धेरै पुरुषलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। त्यसमध्ये बलात्कारमा संलग्न हुनेको संख्या चारजना रहेको इन्सपेक्टर अकौलियाले बताए। प्रहरीका अनुसार पीडित किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य छ। उनको मेडिकल परीक्षण भइसकेको प्रहरीले जनाएको छ। ‘उनलाई माइती नेपालको जिम्मा लगाउने तयारी गरेका छौँ,’ इन्सपेक्टर अकौलियाले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group