ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतको हत्या – बुवा नै संलग्न रहेको छोरीको बयान, प्रहरीमा पुग्यो किटानी जाहेरी


एबीसी न्यूज
३ माघ २०८०, बुधबार   ३ : १३   बजे

काठमाडौं ३ माघ । सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का भरत बुढाको हत्या भएको भन्दै उनका बुवाविरुद्ध किटानी जाहेरी परेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मृतक भरतका बुवा मयाराम बुढाको नाममा भरतका काका तेजबहादुर बुढाले बुधबार दिउँसो किटानी जाहेरी दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले मृतक भरतका अंकल नाता पर्ने तेजबहादुर बुढाले मयारामविरुद्ध जाहेरी दिएको नेपालखबरलाई जानकारी दिए।

 

उनले भने, ‘भरतका अंकल तेजबहादुर बुढाले भरतका बुबा मयाराम बुढाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिनुभएको छ। अब यो मुद्दा दर्ता गरेर भरतको शव पोष्टमार्टमसहित अनुसन्धान सुरु हुन्छ।’

प्रहरीका अनुसार मंगलबार नै मृतककी बहिनीले बुवाले नै दाजुको हत्या गरेको प्रारम्भिक बयान दिएकी थिइन्।

घटनास्थलमा खटिएका एक अनुसन्धान अधिकृतका अनुसार भरतका बुवा पुस २७, २८ गतेतिर भारतबाट नेपालमा आएका थिए।

त्यसपछि घरमा पुगेर घटना लगत्तै फरार भएको खुलेकाले उनीमाथि नै शंका गरिएको थियो।

के हो घटना ?
मंगलबार बिहान १ बजेको समयमा सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का २१ वर्षीय भरत बुढाको शव घरनजिकै रहेको खबर प्रहरीलाई पुग्यो।

घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुग्यो। भरतको शव हेर्दा हत्या गरेर घरनजिकै परालमा फालेको आशंका गर्‍यो।

प्रहरीले मृतक भरतका शरीरका विभिन्न भागमा गाहिरो चोट देखेपछि थप अनुसन्धानका लागि नेपालगञ्जबाट तालिम प्राप्त कुकुरसहितको टोली, प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको नेतृत्वमा थप टोली परिचालित गरिएको थियो।

प्रहरीलाई भरतको शव शंकास्पद लागेपछि प्रहरीको थप अनुसन्धान टोली घटनास्थल पुगेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले भरतकी १९ वर्षीया बहिनीलाई समेत सामन्य चोट लागेको छ।

भरतलाई धारिलो हतियार प्रयोग गरेर घाइते बनाएर हत्या गरेको र उनकी बहिनीलाई समेत चोट लागेकाले आफ्नै बुवाबाट हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu