ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतस्थित नेपाली दुतावासले नो अब्जेक्सन लेटर दिएको विषयले प्रहरी अधिकारी नै चकित


एबीसी न्यूज
४ माघ २०८०, बिहिबार   १ : ५५   बजे

काठमाडौं, ४ माघ । ललिता निवासको जग्गा प्रकरणमा नेपाली उद्यमी मीनबहादुर गुरुङ शुरुमै पक्राउ परे पनि यस प्रकरणका पक्राउपूर्जी जारी भएका अन्य उद्योगी व्यापारी फरार भएका छन्। असार १२ गते नै उद्यमी गुरुङसहित केही व्यक्ति पक्राउ परे पनि अन्य व्यापारीहरु भने अझै फरार रहेका छन् ।

यसरी सम्पर्कविहीन भएका उद्योगी व्यापारीमा एनआईसी एसिया बैंकका प्रमोटर तथा विदेशी मदिराका वितरक सन्दिप शारडा, सिद्दार्थ बैंकका अध्यक्ष तथा श्रीराम मिल्कका सञ्चालक मनोजकुमार केडिया, सनराइज बैंकका प्रमोटर तथा हेभी इक्विपमेन्ट आयातकर्ता श्रवण गोयल, नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष तथा सोक्तिम चियाका सञ्चालक गोविन्दलाल संघाई, मारवाडी सेवा समितिका अध्यक्ष कैलाश गोयल र संगीता बोथरा रहेका छन्।

सुवर्ण शमशेरको नाममा रहेको जग्गामध्ये २७ रोपनी जग्गा सनराइज बैंकका गोयल, र शिवरत्न शारडाको संयुक्त लगानीको कम्पनी डीएलएफको नाममा गएको प्रहरीको केन्द्री अनुसन्धान ब्यूरो (सिआईबी)को अनुसन्धानमा भेटिएको छ। डीएलएफमार्फत मोहीको नाममा रहेको ८ आना जग्गा प्राप्त गरेकी सिपिका खेतानमात्रै अहिले पक्राउ परेकी छन्।

सुवर्ण शमशेरको नामको जग्गा उनको हकवाला राणा परिवारको सदस्यको नाममा ल्याउनलाई सघाएका कानून व्यवसायी युवराज कोइराला, मोहीबाट लिएको र मोहीबाट किनेको जग्गा आफ्नो नाममा ल्याएका रामकुमार सुवेदी र डा। शोभाकान्त ढकाल मिलेर मोहीको, राणा परिवारको र राणा परिवारबाट व्यक्तिको नाममा आएको जग्गा डीएलएफको नाममा खरिद गरेको देखिन्छ।

भारतस्थित नेपाली दुतावासमाथि प्रश्न

नेपालबाट सडकमार्ग हुँदै भारत पुगेका सन्दिप, मनोज र श्रवण त्यहाँबाट दुबई पुगेको आशंका गरिएको छ। नेपाली राहदानीबाहक नागरिक भारतबाट अर्को देश जानलाई ुनो अब्जेक्सन लेटरुको आवश्यकता पर्दछ। तर नेपाल प्रहरीले खोजी गरिरहेका व्यक्तिहरुलाई भारतस्थित नेपाली दुतावासले नो अब्जेक्सन लेटर दिएको विषयले प्रहरी अधिकारी नै चकित परेका छन्।

नो अब्जेकसन लेटर लिएर मात्रै विदेश जानुपर्ने व्यवस्था हुँदाहुँदै ती व्यापारीहरु नो अब्जेक्सन बीना नै दुबई गएकाले दुतावासको काममा शंका गर्ने ठाउँ रहेको प्रहरीका एक अधिकारी बताउँछन्। केही व्यापारीलाई संरक्षण दिनु र केहीलाई थुनामा राख्ने सरकारको शैलीले अनुसन्धानमाथि प्रश्न उठाएको ती अधिकारी बताउँछन्।

संगठित अपराधको मुद्दा लगाएर उद्यमी गुरुङसहित केही व्यक्ति पक्राउ गरेको ३० दिन भइसकेको छ। गुरुङसहित अन्य केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले अहिलेसम्म २३ जनालाई पक्राउ गरेकोमा एक जना भने अदालतको आदेशमा छुटिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu