ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्दा आतंक छ, फोन नउठे घरमै आउँछन् -अध्यक्ष कार्की


एबीसी न्यूज
४ माघ २०८०, बिहिबार   २ : २४   बजे

काठमाडौं ४ माघ । स्वतन्त्र ऊर्जा उत्पादक संघ इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको समृद्धि ऊर्जा क्षेत्रको विकासले हुने बताएका छन् । बिहीबार इप्पान डे–२०८० का अवसरमा उनले अहिले मुलुक ऊर्जामय भएको बताए ।

“१० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सहमतिले अहिले नेपालमा हर्ष छ,” उनले भने, “अबको १० वर्ष ऊर्जादशक घोषणा गरौँ । ऊर्जासंकट वर्ष घोषणा गरौँ ।”

ऊर्जाको विकासका निम्ति बैंकहरूले पनि सहज रूपमा ऋण सुविधा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । “अहिले हामी १४ मन्त्रालय धाउनुपर्ने बाध्यता छ । नीतिगत झन्झटले समस्या पारेको छ । प्रत्येक नेपालीले लगानी गर्न सक्ने वातावरण बनाउनुपर्छ,” उनले भने, “समयमा प्रसारणलाइन बनाएनौँ भने हामी समस्यामा जानुपर्छ ।”

ऊर्जा सुरक्षा नीति बनाउनुपर्ने उनले औँल्याए । “तोडफोड हुने गरेका छन् । चन्दा आतंक पनि छ । फोन नउठे घरमा नै आउने गर्छन्,” उनले भने, “हामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्न तयार छौँ । सरकारले हामीलाई सँगै लिएर हिँड्नुपर्छ ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group