ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री ज्वाला-सार्वजनिक खरिद ऐन संशोधनको तयारीमा


एबीसी न्यूज
४ माघ २०८०, बिहिबार   २ : ४६   बजे

काठमाडौं ४ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन संशोधनको तयारी भइरहेको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा मन्त्री ज्वालाले पुरानो ऐनका कारण समस्या देखिएको भन्दै संशोधनको ड्राफ्ट तयार भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगिसकेको जानकारी दिए ।

उनले विकाससँग जोडिएको ऐन कानुनलाई समयसापेक्ष बनाउनुपर्ने भएकाले मन्त्रालय अन्तर्गतको ऐन कानुन परिमार्जनका विषयमा पनि छलफल भइरहेको बताए ।

त्यस्तै, मन्त्री ज्वालाले दक्ष कामदारको अभाव, आयोजना प्रमुख छिटो छिटो परिवर्तन लगायतका कारणले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउन समस्या भइरहेको जिकिर गरे । मन्त्रिपरिषद्बाट निर्णय भएका थप तीन भरतपुर, विराटनगर र मूलपानी अन्तराष्ट्रिय रंगशाला समेत गरी अहिले राष्ट्रिय गौरवको आयोजना २४ बाट २७ पुगेको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरूले मुलुकको सडकको अवस्था र सडक दुर्घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्वालाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताए । अनुगमन प्रणालीलाई व्यवस्थित गर्न सके सडक दुर्घटना न्यूनीकरण हुने उनको भनाइ थियो ।

सार्वजनिक सडक ऐन र सडक सुरक्षा ऐन फरक हुनुपर्ने मागलाई सम्बोधन गर्न दुई वटा विधेयकको मस्यौदा तयारी गरी अर्थमा पठाएपनि दुई ऐनलाई एउटै बनाउन अर्थबाट सुझाव आएको धारणा राखे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group