ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मड्रिड डर्बी’मा रियाललाई हराउँदै एट्लेटिको कोपा डेल रेको क्वार्टरफाइनलमा


एबीसी न्यूज
५ माघ २०८०, शुक्रबार   १ : २१   बजे

काठमाडौं ५ माघ । रियाल मड्रिडविरुद्ध स्पेनिस सुपर कपको सेमिफाइनलमा व्यहोरेको हारको बदला लिँदै एट्लेटिको मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार अन्तिम–१६ को खेलमा एट्लेटिकोले सहरिया प्रतिद्वन्द्वीविरुद्ध ४–२ को जित निकाल्यो । यसअघि, सुपर कपको सेमिफाइनलमा रियालले ‘मड्रिड डर्बी’मा एट्लेटिकोलाई ५–३ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

घरेलु मैदान सिभियस मेट्रोपोलिटन रंगशालामा एट्लेटिकोलाई जित दिलाउन स्यामुएल लिनो, अल्भारो मोराटा, एन्टोइन ग्रिजमन र रोड्रिगो रिक्वेल्मेले गोल गरे । रियालका जोसेलुले एक गोल फर्काएका थिए । पाहुना टिमले अर्को एक गोल जान ओब्लाकबाट आत्मघाती उपहार पाएको थियो ।

खेलको ३९औँ मिनेटमा लिनोले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्ज्युरी समयमा ओब्लाकबाट आत्मघाती गोल भएपछि रियाल खेलमा फर्किएको थियो ।

५७औँ मिनेटमा मोराटाले गोल गर्दै घरेलु टिमलाई पुनः अग्रतामा राखे । ८२औँ मिनेटमा जोसेलुले गोल फर्काउँदै रियाललाई बराबरीमा ल्याएका थिए । निर्धारित ९० मिनेट २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

१००औँ मिनेटमा ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई ३–२ को अग्रतामा राखे । ११९औँ मिनेटमा रिक्वेल्मेले गोल गरेपछि घरेलु टिम ४–२ ले विजयी भयो ।

बिहीबार नै भएको अर्को खेलमा बार्सिलोनाले उनिओनिस्तालाई ३–१ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गर्‍यो । बार्सिलोनाको जितमा फेरान टोरेस, जुलेस काउन्डे र एलेजान्ड्रो ब्लाडले गोल गरे । उनिओनिस्ताका अल्भारो गोमेजले एक गोल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group