ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यू–१९ विश्वकप : नेपालले पाकिस्तानलाई दियो १ सय ९८ रनको लक्ष्य


एबीसी न्यूज
१० माघ २०८०, बुधबार   ५ : ३२   बजे

काठमाडौं, १० माघ।  आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ।

बफेलो पार्क इस्ट लन्डन दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै १० विकेट गुमाउँदै १ सय ९७ रन बनाएको हो।

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए। दीपक डुम्रे २६, कप्तान देव खनाल २३, सुवास भण्डारी २०, गुल्सन झा १८, दीपेश कँडेल १३ रनमा आउट भए। अर्जुन कुमाल र आकाश त्रिपाठीले समान ६ रन बनाउँदा उत्तम मगरले ४ रन जोडे। आकाश चन्द १६ रनमा अविजित रहे।

पाकिस्तानका अरफत मिन्हासले ३, अहमद हुसैन र उबैद साहले समान २, खुबैब खलिल, मोहम्म जिसन र अली अस्फन्दले समान एक एक विकेट लिए।

प्रतियोगिताको समूह डी मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।

समूहको शीर्ष ३ मा पर्दै अर्को चरणमा पुग्न अबका बाँकी खेलमा नेपाललाई जित्नै पर्ने बाध्यता छ । पाकिस्तान र नेपालबीच अण्डर नाईन्टिन विश्वकपमा भएका २ खेलमा दुवैले १र१ खेल जितेका छन् ।

सन् २०१६ मा भएको खेलमा पाकिस्तान १ सय २२ रनले विजयी भएको थियो भने सन् २००२ मा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो । सन् २००० मा दुई टिमबीच तय भएको खेल वर्षाले रोकिएको थियो ।

पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित

एसीसी प्रिमियर कप तयारीमा नेपाललाई २३३ रनको चुनौती, सन्दीपले लिए ४ विकेट

जिम्मी निसम तेस्रो सिजनका लागि जनकपुर बोल्ट्समा फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu