ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री शर्मा-सूचना र प्रविधिको प्रयोगले देशको विकास गर्न सकिन्छ


एबीसी न्यूज
१२ माघ २०८०, शुक्रबार   १२ : ३४   बजे

काठमाडौं १२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको उचित प्रयोगमार्फत मुलुकको विकास गर्न सकिने बताएकी छन् ।

पुलचोक इन्जिनियरिङ क्याम्पसमा आजदेखि सुरु २०औँ राष्ट्रिय प्राविधिक महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले सूचना र प्रविधिको तीव्र गतिमा विकास भइरहेको हुँदा त्यसको प्रयोग मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिइन् ।

“साइबर सुरक्षा नीति २०८० पारित भएको छ, सूचना र प्रविधिको क्षेत्रमा कतिपय कानुन छैनन्”, मन्त्री शर्माले भनिन्, “सरकारले सूचना र प्रविधिको क्षेत्रमा आवश्यक कानुन बनाउनेछ, सूचना प्रविधिको विकासले देशलाई आत्मनिर्भर बनाउनुपर्छ ।”

मन्त्री शर्माले गुणात्मक शिक्षा र प्रविधिसम्बन्धी शिक्षाका लागि सरकारले सदा सहयोग गर्ने जानकारी दिँदै नेपाल सरकार प्राविधिक क्षेत्रमा जनशक्ति उत्पादन गर्ने विषयमा समेत लागिरहेको जानकारी दिइन् ।

इन्जिनियरिङ क्षेत्रमा यो क्याम्पस आफैँमा ‘ब्रान्ड’ भएकाले विश्वमा विज्ञता हासिल गरेपछि देशको विकासमा ध्यान दिन उनको आग्रह छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिवलाल भुसालले पढ्ने मात्रै नभएर सीपमा ढाल्ने अन्तर्राष्ट्रियस्तरमै अभियान चलेको र विद्यार्थी आफैँले प्राविधिक प्रदर्शनी गर्नु महत्वपूर्ण भएको बताए । उनले प्रविधिको विकासमा लागि र त्यसको प्रयोग महत्वपूर्ण रहेको स्पष्ट पारे । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाको धार्मिक गतिविधिले राजनीतिक बहस तातेको दाबी

रास्वपा सभापति रवि लामिछानेले बोलाए केन्द्रीय समिति बैठक

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu