ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीलाई राजनीतिक गतिविधिमा कडाइ, १२ प्रकारका बिदा


एबीसी न्यूज
१५ माघ २०८०, सोमबार   २ : ५७   बजे

काठमाडौं १५ माघ । कर्णाली प्रदेश सरकारले ल्याएको निजामती सेवा नियमावली गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरी प्रदेश राजपत्रमा प्रकाशित भएको छ । प्रदेश सरकारले यसलाई आफ्नो महत्वपूर्ण उपलब्धि ठानेको छ ।

‘कर्णालीले अब कर्मचारीको अभाव झेल्नु पर्नेछैन् । लोकसेवामा विज्ञापन खोल्न, प्रदेश सरकारको ओएनएम तयार गर्न र कर्मचारीबीच आन्तरिक प्रतिस्प्रधा गर्न नियमावलीले बाटो खोलेको छ,’ प्रदेश सरकारका प्रवक्ता एवंम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी भन्छन्, ‘कर्मचारीको व्यवस्थापन र प्रोत्साहान अब प्रदेश सरकार आफैंले नै गर्नेछ ।’

संविधानको धारा २८५ को उपधारा ९३० मा प्रदेश मन्त्रिपरिषद्ले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम विभिन्न सरकारी सेवाहरुको गठन र सञ्चालन गर्न सक्ने व्यवस्था छ ।

सोही अनुसार प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी बनाउन कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेकाले उक्त नियमावली बनाइएको सरकारको धारणा छ । राजपत्रमा प्रकाशित भएसँगै यो नियमावली कार्यान्वयनमा गएको छ ।

 

नियमावलीमा भएको व्यवस्था अनुसार प्रदेश निजामती कर्मचारीले राजनीतिक क्रियाकलापमा संलग्न हुन पाइने छैन । कर्मचारीले आफ्नो सेवासम्बन्धी कुरामा स्वार्थ पूरा गर्ने मनसायले अन्य कर्मचारी वा पदाधिकारीमाथि कुनै राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्नु वा प्रभाव पार्ने गर्न नहुने उल्लेख छ । ‘कर्मचारीहरुको ट्रेड यूनियन अधिकारलाई सुनिश्चित गरेका छौं । त्योभन्दा बढी राजनीतिक गतिविधिमा उहाँहरुलाई कडाइ गरिएको छ,’ मन्त्री जिसी भन्छन् ।

निजामती कर्मचारीहरुले कार्यालय समयमा कार्यालयको काम बाहेक सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाएको छ । कर्मचारीहरुले अब कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन् ।

नियमावलीको परिच्छेद(१२ मै कर्मचारीले खटाइएको कार्यालय वा स्थानमा काम गर्नुपर्ने उल्लेख छ । कार्यालयको समयमा कार्यालय बाहेक अन्य व्यक्तिगत काम गर्न नपाइने नियमावलीमा उल्लेख छ ।

साथै कर्मचारीले कार्यालयमा सबैप्रति शिष्ट व्यवहार गर्नुपर्ने र त्यसो नगरेमा बढुवा रोक्कादेखि तलबवृद्धि रोक्कासम्मका सजायको व्यवस्था नियमावलीमा गरिएको छ ।

कर्मचारीलाई १२ प्रकारका बिदा

नियमावलीमा प्रदेशमा कार्यरत निजामिती कर्मचारीलाई १२ प्रकारका बिदाको सुविधा दिइएको छ । केन्द्रीय निजामती कानुन अनुसार नै प्रदेशमा पनि बिदाको व्यवस्था गरिएको कानून मन्त्री जिसीले बताए ।

नियमावलीको परिच्छेद १४ मा बिदा सम्बन्धी व्यवस्था गरिएको छ । जस्मा कर्मचारीलाई भइपरी आउने बिदा र पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा, विवाह बिदा, पर्यटन बिदा, अध्ययन बिदा, सट्टा बिदा, असाधारण बिदा र बेतलवी बिदा छन् ।

कर्मचारीलाई प्रत्येक वर्ष भैपरी आउने बिदा ६ दिन र पर्व बिदा ६ दिन गरी १२ दिन बिदाको व्यवस्था गरिएको छ । भैपरी आउने बिदामा बस्ने कर्मचारीले पूरा तलब पाउनेछन् । त्यस्तै कर्मचारीले काम गरेको अवधिको १२ दिनको एक दिनको दरले घर बिदा पाउने छन् । त्यस्तै प्रत्येक वर्ष १२ दिन बिरामी बिदा पाउने व्यवस्था गरिएको छ ।

कर्मचारीलाई विवाह गर्न ७ दिन बिदाको व्यवस्था नियमावलीमा गरिएको छ । यस्तै पर्यटन बिदा पनि ७ दिन पाउने व्यवस्था गरिएको छ । ‘कुनै पनि कर्मचारीको विवाह हुने भए त्यस्तो कर्मचारीले सात दिन बिदा पाउने र विवाह बस्दाको पूरा तलब पाउने छ,’ नियमावलीको परिच्छेद(१४ मा भनिएको छ । तर, विवाह बिदा लिने कर्मचारीले कार्यालयमा हाजिर भएको १५ दिनभित्र विवाह दर्ताको प्रमाणपत्र भने पेस गर्नुपर्ने छ । विवाह दर्ताको प्रमाणपत्र पेस नगर्ने कर्मचारीले त्यो बिदाको अवधि उसले पाउने अन्य बिदाबाट कट्टा गरिने नियमावलीमा उल्लेख छ ।

प्रदेशको कुनै पनि कर्मचारीले देशका विभिन्न भू(भागको भ्रमण गर्न ७ दिन बिदा पाउने भएको छ । तर, पर्यटन बिदा स्वीकृत गर्ने अधिकारीले पर्यटकीय स्थलको भौगोलिक अवस्थितिको आधारमा अवधि तोकी भ्रमण आदेश स्वीकृत गर्नुपर्ने छ ।

पर्यटन बिदा लिएको कर्मचारीले पनि १५ दिनभित्र भ्रमणको विस्तृत विवरण र भ्रमणका क्रममा लिइएको तस्वीर तथा भिडियो समावेश गरेको प्रतिवेदन पेस गर्नुपर्ने छ ।

कर्मचारीलाई भ्रमण खर्चको पनि व्यवस्था गरिएको छ । अध्ययन बिदामा निजामती कर्मचारीले सेवा अवधिभर एकै पटक वा पटकपटक गरी तीन वर्षसम्म अध्ययन बिदा पाउने व्यवस्था छ । त्यसमा पनि आवश्यक ठानेमा दुई वर्ष थप गर्न सकिने उल्लेख छ ।

यस्तै कर्मचारीहरुका लागि किरिया बिदा १५ दिन, प्रसूति स्याहार बिदा १५ दिन पाउने उल्लेख छ । ‘कुनै पनि पुरुष निजामती कर्मचारीले पत्नी सुत्केरी भएमा सुत्केरीको अघि वा पछि गरी १५ दिन बिदा लिन पाउने नियमावलीमा उल्लेख छ । तर, बिदा लिएको कर्मचारीले तीस दिनभित्र बच्चाको जन्मदर्ता प्रमाणपत्र वा पत्नी प्रसूति भएको प्रमाण कार्यालयमा पेस गर्नुपर्ने छ । महिला कर्मचारीले भने प्रसूति बिदा ९८ दिन पाउनेछन् ।

कर्मचारीहरुका लागि असाधारण बिदाको पनि व्यवस्था गरिएको छ । निजामती कर्मचारीले असाधारण बिदा लिनुपर्ने कारण सहित निवेदन दिनु पर्नेछ । कारण मनासिब देखिए प्रदेश सरकारले एक पटकमा एक वर्ष नबढाइ र सेवा अवधिभर तीन वर्ष नबढाइ असाधारण बिदा दिन मिल्ने व्यवस्था गरिएको छ ।

 

प्रदेश सरकारले सेवा प्रवाहमा विशेष योगदान दिने कर्मचारीहरुका लागि एक लाख राशिको सर्वोउत्कृष्ट प्रदेश निजामती सेवा पुरुषका दिने व्यवस्था नियमावलीमा गरिएको छ । ‘ऐनको दफा १२५ को उपदफा (२) बमोजिम समितिको सिफारिसमा निजामती कर्मचारीले पुरुषका पाउने छन्,’ नियमावलीमा भनिएको छ ।

प्रदेशका दुई जना कर्मचारीलाई उत्कृष्ट प्रदेश निजामती सेवा पुरुषकार प्रदान गरिने छ । ७५ हजार रुपैयाँ पाउने छन् । त्यस्तै प्रदेशका १० जना कर्मचारीलाई ५० हजार पुरुषकार रासिको प्रदेश निजामती सेवा पुरस्कार दिइने नियमावलीमा व्यवस्था गरिएको छ ।

पुरुषका लागि नाम छनोटका लागि प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा पुरस्कार सिफारिस समिति हुनेछ । जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव, प्रदेश लोकसेवा आयोगका सचिव, आर्थिक मामिला तथा कानुन मन्त्रालयका सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै एक जना सचिव सदस्य सचिव रहने व्यवस्था नियमावलीमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu