ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेलम्बुमा जिप दुर्घटना हुदाँ दुई भुटानी नागरिकको मृत्यु, पाँच जना घाइते


एबीसी न्यूज
१७ माघ २०८०, बुधबार   १ : २६   बजे

सिन्धुपाल्चोक, १७ माघ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको –१ स्थित झिचेन मिलारेपा जाँदै गरेको जिप दोरिङ भीरबाट खस्दा दुई भुटानी पर्यटकको घटनास्थलमै ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी हेलम्बुका अनुसार मिलारेपा गुफा हिँडेको बा २ च ४४५० नम्बरको जिपमा एक नेपाली चालक र अन्य भुटानी नागरिक सवार थिए ।

मृतक हुनेमा ७१ वर्षीया वान मो र ३३ वर्षका टग्प गेङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले बताए । दुई जना भुटानी नागरिक दुर्घटनास्थलमा मृत फेला परेका छन् भने अन्य घाइतेलाई उपचारर्थ उद्धार गरेर तत्कालै प्राथामिक स्वास्थ्य केन्द्र हेलम्बु पठाइएको छ, श्रेष्ठले भने ।

ध्यानको लागि चर्चित मिलारेपाको गुफा र गुम्बा जाने कच्ची बाटोमा जिप अनियन्त्रित भएर ५० मिटर तल खसेको थियो । डरलाग्दो आवाज सुनेपछि सुरक्षाकर्मी ,स्थानीय र जनप्रतिनिधि उद्धारमा खटिएका थिए । घाइतेको उपचारमा पहलकदमी लिइरहेका हेलम्बु गापा अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बु प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेका चारमध्ये तीनको गम्भीर अवस्था रहेको बताए ।

अधिकाशंको टाउको र हातपाउमा चोट लागेको छ , यहाँ उपचार नहुने घाइतेलाई थप उपचारको लागि काठमाडौं लैजान हेलिकप्टर बोलाउने तैयारी भइरहेको छ,शेर्पाले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group