ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले नेपाललाई दिने अनुदान १०० करोडले बृद्धि


एबीसी न्यूज
१८ माघ २०८०, बिहिबार   ३ : ०३   बजे

काठमाडौं १८ माघ । भारतले नेपाललाई दिने अनुदान रकममा १०० करोड भारतीय रुपैयाँ बढाएको छ । बिहीबार भारतीय संसद्‍मा अर्थमन्त्री निर्मला सीतारमणले पेस गरेको अन्तरिम बजेटमा नेपाललाई दिइने अनुदान बढाइएको उल्लेख छ ।

यसअघि गत वर्ष फेब्रुअरी १ मा प्रस्तुत २०२३र२०२४ को बजेटमा नेपाललाई ५५० करोड भारतीय रुपैयाँ अर्थात ८ अर्ब ८० करोड नेपाली रुपैयाँ अनुदान सहयोग गर्ने उल्लेख थियो । बिहीबार प्रस्तुत बजेटमा उक्त रकमलाई परिमार्जन गर्दै ६५० करोड भारु अर्थात १० अर्ब ४३ करोड नेपाली रुपैयाँ पुर्‍याइएको हो ।

दक्षिण एसियाली मुलुकहरूमा भारतले सबैभन्दा बढी मालदिभ्सलाई अनुदान सहयोग गर्ने भएको छ । २०२३र२०२४ का लागि भारतले मालदिभ्सलाई ७७० करोड भारु अनुदान दिने भएको छ । यसअघि प्रस्तुत गरिएको बजेटमा भने मालदिभ्सलाई ४०० करोड भारु अनुदान दिने उल्लेख थियो । बिहीबार पेस गरिएको बजेटमा उक्त रकमलाई परिमार्जन गर्दै ३७० करोड भारु बढाइएको हो ।

त्यस्तै भुटानलाई दिने अनुदान रकम घटाएर भारतले ऋण भने बढाएको छ । यसअघि १ हजार ६ सय ३२ करोड अनुदान र ७ सय ६८ करोड ऋण दिने उल्लेख भएकोमा बिहीबार उक्त रकमलाई परिमार्जन गर्दै अनुदान ७ सय ८४ करोड र ऋण १ हजार ६ सय १४ करोड दिने उल्लेख गरिएको छ ।

भारतले श्रीलंकालाई दिने अनुदान रकम भने घटाएको छ । यसअघि १५० करोड भारु अनुदान दिने अनुमान पेस गरिए पनि बिहीबार पेस बजेटमा उक्त रकम घटाउँदै ६० करोडमा झारिएको छ । त्यस्तै अफगानिस्तानलाई दिने अनुदान र ऋणमा २०र२० करोड बढाएर २२०र२२० करोड भारु पुर्‍याइएको छ । त्यस्तै अर्को छिमेकी मुलुक बंगलादेशलाई दिने अनुदान रकममा पनि भारतले ७० करोड कटौती गरेको छ । बंगलादेशलाई भारतले १३० करोड भारु अनुदान दिने बजेटमा उल्लेख छ ।

अर्थमन्त्री सीतारमणले २०२४ को लोकसभा चुनावअघि संसद्‍मा अन्तरिम बजेट पेस गरेकी हुन् । उनले बजेट पेस गर्ने क्रममा भारतीय बजेट(२०२४ लाई ुभारतको भविष्यको बजेटु बताइन् । उनले आफ्नो सम्बोधनमा सन् २०४७ सम्ममा भारतलाई विकसित राष्ट्र बनाउने पनि जनाएकी छिन् ।

अर्थमन्त्री सीतारमणले सौर्य ऊर्जाअन्तर्गत १ करोड घर परिवारलाई ३०० युनिट बिजुली निस्शुल्क उपलब्ध गराउने उल्लेख गरेकी छिन् । त्यस्तै पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिकाहरूलाई खोप लगाउने पनि बजेटमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group