काठमाडौं, ४ फागुन । काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित संचयकोष चोक नजिक गल्लीबाट नगद लुटेर भाग्दै गर्दा तेस्रोलिङ्गी समूहको एक जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा लाजिम्पाट बस्ने चितवन भरतपुर–२ की २० वर्षीया नितसा परियार छन् । अन्य ४ जना भने भाग्न सफल भएका छन् । उनीहरुको खोजी कार्य प्रहरीले जारी राखेको छ । लुटिएको मध्ये ३२ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । उनीहरुले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का ३४ वर्षीय सोमराज घलानको साथबाट १ लाख २५ हजार लुटेर भागेका थिए ।
प्रतिक्रिया दिनुहोस्