ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिराहाबाट हार्डवेयरलाई १७ लाख ठगेको आरोपमा प्रधानाध्यापक पक्राउ


एबीसी न्यूज
२३ माघ २०८०, मंगलबार   २ : ०८   बजे

काठमाडैं, २३ माघ । निर्माण सामग्री खरिद गर्दा ठगी गरेको आरोपमा सिराहाबाट सरकारी विद्यालयका एकजना प्रधानाध्यापक पक्राउ परेका छन्।  सिराहा सदरमुकाममा रहेको चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ५८ वर्षीय मधुसुदन कर्णलाई ठगी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। कर्णको घर सिराहा नगरपालिका( ७ मा पर्छ।

‘विद्यालय भवन निर्माण गर्दा खरिद गरेको निर्माण सामग्रीको भुक्तानी नदिएको उजुरी परेपछि अनुसन्धानका लागि प्रधानाध्यापकलाई हामीले नियन्त्रणमा लिएका छौँ,’ जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक रावीन्द्रराज पाण्डेले नेपालखबरसँग भने, ‘कर्णलाई सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।’

कर्णविरुद्ध सिराहा( ८ का रोशनकुमार यादवले १७ लाख चार हजार रुपैयाँ भन्दा धेरै ठगी गरेको उजुरी दिएका प्रहरीले जनाएको छ। यादवले सञ्चालन गरेको नेपाल आइरन स्टोर एण्ड जनरल सप्लायर्सबाट कर्णले विद्यालयमा निर्माण कार्यका लागि भन्दै सिमेन्ट, रडसहितका सामग्री लगेका थिए।

तर, लामो समयसम्म पनि त्यसको भुक्तानी नदिएको भन्दै यादवले प्रहरीमा उजुरी दिएका थिए। सिराहा नगरपालिकाका मेयर डाक्टर नविन यादव विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको बेला नै आफूले विद्यालयलाई निर्माण सामग्री उदारोमा दिएको भए पनि अझै भुक्तानी नपाएको गुनासो यादवले गरेका छन्।

प्रधानाध्यापक कर्णले विद्यालयबाट भुक्तानी लिएको तर, पसलको उदारो भने नदिरेको आरोप लाग्दै आएको छ। यस विषयमा थप अनुसन्धान जारी रहेको डीएसपी पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group