ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधान मस्यौदामा छलफल गर्न माओवादी स्थायी समिति बस्दै


एबीसी न्यूज
२६ माघ २०८०, शुक्रबार   १ : २२   बजे

काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि सुरु हुने भएको छ । फागुन पहिलो सातादेखि सुरु हुने विधान अधिवेशनको तयारीका लागि आज र भोलि स्थायी समिति बैठक बस्न लागेको हो ।

बैठकमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल हुने जनाइएको छ । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको समितिले मस्यौदा तयार पारेर यसअघि नै पार्टीलाई बुझाएको थियो ।

उक्त मस्यौतामा पार्टीका तल्ला कमिटीसम्म छलफल गरेर २४ माघमा लिखित सुझाव आएपछि स्थायी समिति बैठकले ती सुझावमाथि छलफल गर्न लागेको हो । मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा प्रस्तुत गर्ने माओवादीको तयारी छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिवेशनको तयारीका विषयमा बुधबार पार्टी पदाधिकारीहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको थियो ।

स्थायी समितिले पारित गरेपछि सोही मस्यौदालाई विधान अधिवेशनमा पेस गरिने छ । माओवादी केन्द्रको विधान अधिवेशन आगामी फागुन १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा हुँदै छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group