ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुटु बचाउन योग, ध्यान र मन्त्र


एबीसी न्यूज
५ फाल्गुन २०७४, शनिबार   ९ : २६   बजे

काठमाडौँ, ५ फागुन । महामृत्युञ्जय योग केन्द्र, विजयचोक, माइती नेपाल, गौशालाले शुक्रबारदेखि तीनदिने ‘स्वस्थ्य मुटुका लागि मुटु व्यवस्थापन कार्यशाला’ शुरु गरेको छ ।


कार्यशालामा केन्द्रका संस्थापक योगी पूर्ण पिया श्रेष्ठले व्यायाम, श्वासप्रश्वास, योग र मुटुबारे जानकारी दिँदै मुटुका लागि निःशुल्क विशेष योग प्रशिक्षण दिनुभएको छ । कार्यशालामा मुटुरोग रोकथामका लागि जानकारी तथा अभ्यास, प्राकृतिक उपचार विधिद्वारा दीर्घ एवं साधारण मुटुरोगको रोकथाम तथा उपचार, मुटुका लागि मालिस, विशेष प्रकारको चिया एवं सल्लाह तथा परामर्श दिइएको छ । योगी श्रेष्ठ ४८ वर्षदेखि निरन्तर योग, ध्यान, प्राणायाम तथा अध्यात्म साधनामा समर्पित हुनुहुन्छ ।

शरीरसँग मन, मनसँग मस्तिष्क, मस्तिष्कसँग आत्मा र आत्मासँग परमात्मालाई जोड्ने कला सिकाएर शारीरिक, मानसिक एवं आध्यात्मिक रुपमा स्वस्थ्य, सुन्दर, शान्त र आनन्दित तुल्याउँछ । केन्द्रले योग तथा प्राकृतिक चिकित्सा अनुसन्धानशालाका रुपमा काम गरी योग प्रशिक्षण, ध्यान, आयुर्वेदिक मालिस, शिरोधारा, स्टिम र शिर मालिस सेवा पनि दिँदै आएको केन्द्रका व्यवस्थापक सुमित दाहालले जानकारी दिनुभयो ।

स्वस्थ्य मुटुको व्यवस्थापनका लागि मुटुको स्वस्थता र यसको क्रियाशीलता तथा मुटुको समस्याको मापन गरी मुटुको शोधन, व्यायाम र खानपानलाई विशेष ध्यान दिनुपर्ने योगी श्रेष्ठले बताउनुभयो । मुटुको शोधनका लागि कपालभाती, जडिबुटी, नेती, कुञ्जल, एनिमा, कटीस्नान आदि, व्यायामका लागि ॐ ध्वनिमन्त्रको प्रयोग, अनुलोम विलोम, प्राणायम, भस्त्रिका, सोहं श्वासको ध्यान, कीर्तनभजन आदि तथा खानपानका लागि चनाको सातु, मिश्री, अमला, पुरानो चामल, मुङ, केरा, आँप, अनार, हर्राे, दाख, मोही, हिङ, करेला, मेथी, लौका, ज्वानो, सुन्तला, मह, कागती, लसुनप्याज आदि सेवन गर्न सिफारिस गरिएको छ ।

“हामी आफैँले सिर्जना गरेको आध्यात्मिक, आधिभौतिक र आधिदैविक दुःख अथवा त्रयताप निवारणका लागि ॐध्वनिको प्रयोग र शान्ति प्रार्थना गर्नुपर्छ”, योगी श्रेष्ठले भन्नुभयो, “ योग सर्वप्रथम शिवले पार्वतीलाई सिकाउनुभएको थियो, योग आत्माको पूजा हो ।” उहाँका अनुसार नियमित योगले मुटु स्वस्थ्य भई यसको रोगबाट बच्न सकिन्छ ।

चिल्लो, पिरो, बोसोयुक्त, भुटेको, मैदा जस्ता खाद्य पदार्थले रगतलाई खराब बनाउने भएकाले श्वासप्रश्वास गर्न र व्यायाम गर्न जान्नुपर्छ भन्ने उहाँको भनाइ छ । उहाँका अनुसार हिँड्दा मात्र पूरै शरीरको व्यायाम नहुने भएको दायाँबायाँ नै हुने गरी तीर्यक व्यायाम गर्नुपर्छ । पद्मासन मुटु र मिर्गाैला बचाउने राम्रो उपाय हो । मस्तिष्कले पर्याप्त अक्सिजन(प्राणअग्नि) पाएन भने त्यसको भार मिर्गाैलामा पर्छ ।
“गलत खानपान, जीवनशैली र व्यायामरहितताले नै हामी रोगबाट पीडित भएका हौँ, रोग लाग्न नदिनु नै बुद्धिमानी हो”उहाँले भन्नुभयो । उहाँका अनुसार कतिपय रोग बीजमन्त्रहरुले ठीक पार्छन् ।

हाम्रो फोक्सोमा भएको सात करोड ३० लाख थैलीमध्ये करीव दुई करोड मात्र खुलेका छन् । तिनलाई पनि खुलाउनुपर्छ । ॐध्वनि उच्चारण गर्दा हाम्रा प्रजनन र पाचन अङ्ग तथा मस्तिष्क खुल्छन् । अं, आं जस्ता १६ मन्त्रले थाइरायड ग्रन्थी खोल्छ । अ, आदेखि क, ख, ज्ञसम्मका अक्षरले ५० केन्द्र खुल्छन् । हाम्रा शिशु कक्षामा ऋ, ऋृ, लृ, लृृ चार अक्षर पढाउन छाड्दा मस्तिष्कका चार यन्त्र बन्द भएका छन् । सासलाई स्वर बनाउन सकेमा शक्ति विकास हुन्छ ।

विगत तेह्र वर्षदेखि शरीरमा पेसमेकर राख्नुभएका रामेछापका राजु घिसिङ तामाङ अहिले योग सिकाउनुहुन्छ । “योगमा गहिरिएँ, अकुप्रेसर गरेँ, फाइदा भो, अहिले अरुलाई पनि सिकाउँदैछु”, उहाँले भन्नुभयो । त्यस्तै मुटुको बाइपास सर्जरी गर्नुभएका अर्जुन राई बाबालाई चिकित्सकले १५ वर्ष आयु तोकेकामा थप ३२ वर्षसम्म अझै बाँचिरहनुभएको छ । उहाँ पनि नियमित योग र हिँडडुल गर्नुहुन्छ ।
“हाम्रो शरीर शाकाहारी शरीर हो, बोसो, रातो मासुले मुटुलाई राम्रो गर्दैन, अण्डा पचाउन पनि निकै व्यायाम गर्नुपर्छ । हरियो तरकारी, फलफूल, सलाद अमृतसरह भएकाले प्रशस्त सेवन गर्नुपर्छ । महिलाले दैनिक १८०० र पुरुषले २२०० क्यालोरीभन्दा बढी खानुपर्छ । तनाव र चिन्तालाई छिनमै जान दिनुपर्छ, दोहो¥याइरहनुहुँदैन ।” अरु केही नभए पनि आयु वृद्धि गराउन गहिरो र लामो सास तथा ध्यानमा ध्यान राख्न उहाँको सबैलाई सुझाव छ ।

केन्द्रले जैविक खानाका लागि पनि जोड दिएको छ । नुवाकोट, पञ्चकन्यालाई जैविक ग्राम बनाउने अभियानमा संलग्न राम थापाले केन्द्रका लागि नुवाकोटका जैविक उत्पादन(चामल, बेसार, तरकारी आदि) जुटाइरहनुभएको छ । केन्द्रमा शुक्रबार आयोजित उद्घाटन कार्यक्रम ज्योतिषी ओजराज लोहनीले ज्योतिषशास्त्र वैज्ञानिक भएको बताउँदै दृढ भएर लागेमा मानिस सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group