ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनराज गुरुङ- सेटिङ र भ्रष्टाचार कसरी कल्ले कहाँ गर्छ म जान्दिँन


एबीसी न्यूज
२९ माघ २०८०, सोमबार   २ : ३०   बजे

काठमाडौं २९ माघ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सेटिङ र भ्रष्टाचार भन्ने विषय कहाँ कसरी हुन्छ र कसले गर्छ भन्ने विषय आफ्नो जानकारीमा नरहेको बताएका छन् ।

सोमबार राष्ट्रिय सभामा ‘सम्पत्ति शुद्धीकरण ९मनि लाउण्डरिङ्ग० निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकरमाथि सैद्धान्तिक छलफलमा सांसदहरुले सरकारले सेटिङ र भ्रष्टाचारबाट कमाएको सम्पतिलाई वैध बनाउने प्रावधानहरु प्रस्ताव गरेको भनी आलोचना गरेका थिए ।जवाफमा मन्त्री गुरुङले आफूले कहिल्यै सेटिङ नदेखेको बताए ।

उनले भने, ‘म कहिल्यै सेटिङ नदेखेको मान्छेले कहाँ सेटिङ गर्छ, कसरी सेटिङ गर्छ, कल्ले सेटिङ गर्न मलाई के था १ त्यसैले आफैँले थाहा नभएको कुरा मैले कसरी उत्तर दिनु रु’ एमाले सांसद रामचन्द्र राईले तीन प्रकारका सम्पतिको स्रोत नखुल्ने बताएका थिए ।

‘सम्पतिको स्रोत नीतिगत भ्रष्टाचार गर्दा खुल्दैन, बिचौलियाको कामबाट आएको खुल्दैन । सेटिङमा कमाएको स्रोत खुल्दैन । र यी भ्रष्टाचार ठहर गर्न पनि नसकिने हुन सक्छन् । यस्तोमा छुट पाउने विषय गम्भीर छ’ उनले भनेका थिए । नीतिगत भ्रष्टाचारबाट कमाएको सम्पति वैध बनाउने प्रपन्च रचेर विधेयक आएको पनि उनले बताए ।

एमाले सांसद राइलाई जवाफ दिँदै कानुनमन्त्री गुरुङले भने, ‘त्यो मलाई थाहा छैन । कुन(कुन कसरी कल्ले कहाँबाट सेटिङ गर्छ रु’ आफ्नो मनमा यस्ता विषय कहिल्यै नआएको पनि उनको जवाफ छ ।

‘यस्ता विषय मेरो मानसपटलमा आउनै सक्दैन । कहाँ कस्तो कुनामा सेटिङ हुँदो रहेछ, कल्ले सेटिङ गर्दो रहेछ, कसरी सेटिङ गर्दो रहेछ, भ्रष्टाचार कसरी गर्दो रहेछ भन्ने कुरा ततसम्बन्धितले जानोस्, भगवानले नै जानोस् । म जान्दिँन ।’

उनले सबै सदाचारमा हिँडे भ्रष्टाचारको विषय नै नउठ्ने पनि बताए । ‘हामी सबै सदाचारको बाटोमा हिड्यौं भने, बेभिचारलाई त्याग्न सक्यौं भने यो कसैले कसैमाथि प्रश्न गरिरहनु आवश्यक छैन । आरोप प्रत्यारोप गरिरहनु आवश्यक हुँदैन ।’

प्रस्तावित विधेयकमा स्रोत नखुलेको र कसूर गरेको समेत पुष्टि नभएको अवस्थामा राज्यलाई कर तिरेर वैध बनाउन सकिने प्रावधान छ । यो अन्तराष्ट्रिय मापदण्ड अनुसार नै आएको मन्त्री गुरुङको जवाफ छ ।

उदाहरण दिँदै मन्त्री गुरुङले प्रतिपश्न गरे, ‘कुनै किसानले आफ्नो काम गर्नुहुन्छ । सुन्तला बेच्नुहुन्छ । कुनै ठेकेदारले सुन्तला किन्दा रिसिभ दिँदैन । कसैले एक लाखमा गाई बेच्यो भने त्यो कुनै रिसिभमा हुँदैन । यस्तोमा त्यसलाई वैध मान्ने कि अवैध रु’

सोमबार राष्ट्रिय सभाले यो विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अब सांसदहरुले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न सक्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group