ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय, दुई जना पक्राउ


एबीसी न्यूज
१ फाल्गुन २०८०, मंगलबार   १२ : ०८   बजे

काठमाडौं, १ फागुन । मोरङमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ। मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एक झाडीभित्र लुकाएर राखेको अवस्थामा शंकास्पद वस्तु फेला पारेको जिल्ला प्रहरी प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए। दुई लिटरको प्रेसर कुकर टेपले बाँधेर राखिएको अवस्थामा फेला परेको थियो। उक्त वस्तु फेला परेपछि प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो। बम डिस्‍पोजल टोलीले बिहान पौने ११ बजे उक्त वस्तु निष्‍क्रिय पारेको छ।

‘प्रेसर कुकरमा टेपहरू बाँधेको अवस्थामा फेला परेको थियो। सेनाले निष्क्रिय पारेर कति विष्फोटक पदार्थको प्रयोग भएकोबारे अध्ययन गर्न लिएर गएको छ,’ एसपी पोखरेलले भने।उनका अनुसार केही समयदेखि शैक्षिक संस्थाहरूमा भूमिगत संगठनको नाममा महासचिव महाविरको दस्तखतसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको लेटर प्याड प्रयोऊ गरी चन्दा माग गर्ने गरिएको थियो। चन्दा नदिए ध्वांसात्मक कार्य गर्ने भनेर चेतावनी दिइएको थियो। यसरी धम्की दिएको भन्ने सूचना पाएपछि मोरङ प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

सिसिटिभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा शंकास्पद व्यक्तिको पहिचान खुलेको थियो। त्यसपछि सोमबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा इलाम माम्सेबुङ गाउँपालिका वडा नम्बर १ गजुरमुखीका ३८ वर्षीय प्रविण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१ का ३० वर्षीय विपिन अधिकारी छन्।उनीहरूलाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्नेक्रममा शैक्षिक संस्थालाई धम्क्याउन प्रेसर कुकर बम बनाएको भन्ने बयान समेत दिएका थिए। जसपछि प्रहरीले मंगलबार शंकास्पद वस्तु फेला पारेको हो।प्रहरीले उनीहरूबाट विस्फोटक पादर्थमा प्रयोग हुने डेटोनेटर, सोडा, सहयोगको ठेली, खाली खाम लगायत बरामद गरेको छ। विपिनबाट मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड समेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group