ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म


एबीसी न्यूज
१ फाल्गुन २०८०, मंगलबार   १ : ०४   बजे

काठमाडौं १ फागुन ।  अध्यागमन विभागले आज फागुन १ गतेदेखि सेवा अवधिको समय बढाएको छ । विभागले आजदेखि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हप्ताको सातै दिन सेवा दिने जनाएको छ ।

यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएको थियो भने सार्वजनिक विदाको दिन विदा हुने गर्दथ्यो ।

स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहज र छिटो सेवा प्रवाह गर्नका लागि समय अवधि थप गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । ‘हामी ई–भिसामा गइसकेपछि देश–विदेशबाट अप्लाई भइरहेको हुन्छ । युरोप, अमेरिकामा रहेकाहरु उठ्ने बेला हाम्रो सुत्ने बेला हुन्छ, टाइमिङ नमिल्दा छिटो भिसा नपाउने जस्ता समस्या देखिएको छ । त्यसैले हामीले समय थपेर सेवा प्रवाह सुरु गरेका छौं ।’ सहज र छिटो भिसा जारी भयो भने नेपालमा पर्यटक आगमन पनि बढ्ने उनको विश्वास छ । उनले हप्ताको सातै दिन काम गर्ने गरी व्यवस्था मिलाएको बताए ।

विभागका निर्देशक रेवती रमण शर्माले जारी गरेको सूचनामा लेखिएअनुसार थप गरिएको समयमा नेपाल आगमन पूर्व ई–भिसाको लागि आवेदन र स्वीकृति, पर्यटक भिसा थप, गैह्रपर्यटक भिसाबाट पर्यटक भिसामा रुपान्तरण, गैह्रपर्यटक भिसा जारी र ट्रेकिङ परमिट जारी गर्ने काम हुने छ । ई–भिसाको लागि आवेदन तथा प्राप्ति प्रक्रियाका लागि विभागको वेबसाइटमा अपलोड गरिएको तरिका हेर्न विभागले भनेको छ ।

बिहान १० बजेदेखि अघि र साँझ ५ बजेपछि भने भिसा शुल्क भुक्तानी अनलाइन प्रणालीमार्फत् मात्र गर्न सकिने सूचनामा उल्लेख छ । बैंकहरु बन्द भइसक्ने भएकाले अनलाइनमार्फत् भुक्तानी हुने भनिएको महानिर्देशक तामाङले बताए । उनका अनुसार जुनसुकै बैंकको एपबाट भुक्तानी गर्न सकिन्छ । फोन पे, कनेक्ट आईपीएस र वालेटतर्फ खल्ती र ई–सेवाबाट भुक्तानी गर्न मिल्ने विभागले जनाएको छ ।

‘महालेखा नियन्त्रक कार्यालयको राजश्व लेखा प्रणालीमा जोडिएका वालेट खल्ती र ई–सेवामात्र छन् । त्यसैले अहिले ती दुई वालेटबाट मात्र भुक्तानी गर्न मिल्छ । यदि राजश्व लेखा प्रणालीमा अरु वालेट जोडिए भने तिनीहरुबाट पनि भुक्तानी गर्न मिल्छ,’ महानिर्देशक तामाङले भने ।

थप गरिएको समयमा काम गर्नका लागि अहिले कायम जनशक्तिबाटै व्यवस्था मिलाइएको छ । थप समयमा काम गरेवाफत कर्मचारीहरुले अर्थमन्त्रालयको नियमअनुसारको अतिरिक्त भुक्तानी पाउने छन् ।

नजिक घर भएकालाई बेलुकासम्म बस्ने गरी काममा खटाइएको महानिर्देशक तामाङले बताए ।

‘कहिलेकाहिँ आपत विपत पर्यो, सवारी साधन भएन र कर्मचारी कार्यालयमै आउन सकेन भने पनि घरबाटै काम गर्न सकिन्छ, उसले काम गरिरहेको छ कि छैन भन्ने पनि अनलाइनबाटै थाहा पाइन्छ,’ महानिर्देशक तामाङले भने, ‘अहिले हामी अनलाइन सिस्टममा काम गरिरहेका छौं । भविष्यमा फेसलेस बनाउने लक्ष्य लिएर काम गरिरहेका छौं ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group