ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीले भने- जनयुद्ध दिवसको बिदा खारेज गर्ने निर्णय अदालतको क्षेत्राधिकार हो होइन भन्ने बहस छ


एबीसी न्यूज
१ फाल्गुन २०८०, मंगलबार   १ : ५०   बजे

काठमाडौं १ फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनयुद्ध दिवसलाई औपचारिक रूपमा बिदा दिएपछि सर्वोच्चको आदेशपछि फिर्ता लिन बाध्य भएको बताएका छन्।

पार्टीको विधान सम्मेलनलाई सम्बोधन गर्दै जनयुद्ध दिवसको बिदा खारेज गर्ने विषय अदालतको क्षेत्राधिकार हो होइन भन्ने विषय बहस भइरहेको बताए।

उनले भने( प्रचण्ड नेतृत्वको सरकारले पहिलो पटक औपचारिक रूपमा नै जनयुद्ध दिवसलाई दिवसको रूपमा मनाउने र सरकारी दिने निर्णय गरेको थियो। अघिल्लो वर्ष राज्यबाट नै बिदा घोषणा गरेर मनायौँ पनि यसवर्ष पनि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

तर, अदालतले अहिले जनयुद्ध दिवसमा बिदा उपयुक्त नहुने भन्दै खारेज गरिदियो। त्यो अदालतको कार्यक्षेत्र हो होइन। अर्कै बहस छ। अहिले सरकार शान्तिपूर्ण कार्यदिशाको प्रक्रियामार्फत अघि बढेको छ। त्यस कारण अदालतको निर्णयलाई स्वीकार गर्दै बिदा नभएको भन्ने स्थिति हो।

उनले सरकारले बिदा नदिए पनि क्रान्तिकारी नेपालीले यो मनाइरहेको बताए।

उनले भने( अदालतले जो संकेत गरेको छ त्यही सरकारले अर्को निर्णय गरेर जनयुद्ध दिवसलाई सरकारी तहबाटै पनि औपचारिक रूपमा मनाउने स्थिति आउन सक्छ त्यसको पनि आशा गरौँ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group