ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको आह्वान- सबै माओवादी शक्ति एक बनौँ, म नेतृत्व छाड्न तयार छु


एबीसी न्यूज
१ फाल्गुन २०८०, मंगलबार   २ : ४६   बजे

काठमाडौं १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धताका एक ठाउँमा रहेका सबै शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्।

पार्टीको विधान अधिवेशनलाई मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै माओवादीका सबै शक्तिलाई एक ठाउँमा आउन अपिल गरेका हुन्।

‘माओवादी मोर्चका सबै समूहलाई एउटै केन्द्र र मोर्चामा एकताबद्ध बनौँ। अब ढिलो नगरौँ जति ढिला भयो, त्यति क्षति हुन्छ। राजनीतिक रुपमा घाटा हुन सक्छ’, उनले आफूबाट छुटेका शक्तिहरू र तिनका नेतालाई लक्षित गर्दै भने, ‘आउनुस् बसौँ समीक्षा गरौँ, आत्मआलोचा गरौँ। एक भएर प्रतिक्रियावादीको प्रतिवाद गरौँ। मलाई तपाईंहरू अहिले जहाँ भए पनि हिजो सहयोग गर्नु भयो। मलाई स्थापित गर्न सहयोग गर्नु भयो।’

 

उनले कुनै बेला प्रचण्डको नाममा निस्किने सानो वक्तव्यले देशै ठप्प हुने स्मरण पनि गरे। ‘कुनै बेला प्रचण्डको वक्तव्यले देश नै ठप्प हुन्थ्यो। जीवनको उत्तरार्द्धमा पनि देशलाई नयाँ क्रान्तितिर लैजाने संकल्प गरेको छु’, उनले भने, ‘कोही कमरेडहरू आउनु हुन्छ तयार हुनु हुन्छ भने म नेतृत्व छाड्न तयार छु। मलाई नेतृत्वमा बसिरहन मन छैन।’

उनले प्रतिक्रियावादीहरूको प्रतिरोधका लागि सबै माओवादी घटक तयार हुनुपर्ने पनि बताए।

‘प्रतिक्रियावादीहरूले टाउको उठाउन थालेका छन्। अब जाई लाग्ने यो राम्रो मौका हो’, उनले भने, ‘पार्टी र सरकारको दुवै मोर्चाबाट समाजवादको अभियान थाल्ने प्रयास गरेका छौँ। यसलाई सफल बनाउन सबै माओवादी घटक एकै पार्टी वा मोर्चामा गोलबन्द बनौँ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group