ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगनले कांग्रेसमा देखाए यस्ता प्रवृत्ति : आत्मनिन्दा र आत्मश्लाघा (प्रतिवेदन-पूर्णपाठ)


एबीसी न्यूज
३ फाल्गुन २०८०, बिहिबार   ९ : २८   बजे

काठमाडौँ ३ फागुन । नेपाली काङ्ग्रेसभित्र दुई किसिमका प्रवृत्ति देखा परेको महामन्त्री गगन थापाले औँल्याएका छन् । बिहीबार सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा सांगठानिक प्रतिवेदन पेश गर्दै महामन्त्री थापाले कांग्रेसका विभिन्न तहका कार्यकर्ताको विचार विश्लेषण सुन्दा दुई किसिमको प्रवृत्ति देखिएको बताएका हुन् ।

‘हामीमा प्रमुख रूपमा दुई किसिमका प्रवृत्ति देखिन्छ । पहिलो आत्मनिन्दा र दोस्रो आत्मश्लाघा’, महामन्त्री थापाले आफ्नो प्रतिवेदनमा खुलाएका छन् । पहिलो प्रवृत्तिको व्याख्या गर्दै थापाले  भनेका छन्– ‘पाटीले जे गरिरहेको छ वा जे भइरहेको छ ठिक भइरहेको छैन भन्ने ठहर्छ । अब पनि केही हुँदैन कि भन्ने भय र चिन्ताले उसको आत्मविश्वास खस्किएको छ । विगतमा पार्टीले गरेका निर्णय र पछ्याएको बाटोका सन्दर्भमा पनि उसमा भएको लघुताभासका कारण प्राप्त उपलब्धिको समेत अपनत्व लिन ऊ धकाइरहेको छ । यो पङ्क्ति एकदमै द्विविधा, निराशा र आत्मनिन्दाले ग्रसित छ ।’

त्यस्तै आत्मश्लाघाको पनि उनले व्याख्या गरेका छन् । ‘भरखरै सम्पन्न निर्वाचनहरूमा विजय हासिल गरेर सबैभन्त्दा ठुलो पाटी भएका छौँ, हामी अभेद्य छौँ, हाम्रा चुनौती साना छन् भन्ने अतिरिक्त आत्मश्लघाले ग्रसित देखिन्छ । ऊ पार्टीका आन्तरिक समस्यालाई उपेक्षा गर्छ, बाहिर आएका कुरालाई विरोधीहरूको प्रपोगण्डा मान्दछ र मूलतः  पार्टीमा सबै ठिकठाक छ भन्ने ठहर गर्छ । पार्टीको सुदूर भविष्यसमेत सुनिश्चित भएकोमा ऊ ढुक्क छ’, थापाले भनेका छन्, ‘हाम्रो पाटीभित्र यी दुवै अतिवादी प्रवृत्ति सङ्गठनका निम्ति अत्यन्तै घातक छन् ।’

त्यसैले उनले आत्मघाती प्रवृत्तिबाट पार्टी मुक्त हुन जरुरी रहेको बताएका छन् । ‘अब हामीले आत्मश्लाघा वा आत्मनिन्दा होइन, इमानदारितापूर्वक आत्मसमीक्षा,आत्मनिरीक्षण र आत्मसंकल्प गर्नुपर्छ’, थापाको जोड छ ।

 

पूर्णपाठ

–NC_GKT_सांगठनिक प्रस्ताव2080_Final (1)

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group