ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योगेश भट्टराई- माओवादीमा गुटको लडाइँले त्रिविमा उपकुलपति नियुक्ति बन्धक भयो


एबीसी न्यूज
१० फाल्गुन २०८०, बिहिबार   १ : ३५   बजे

काठमाडौं १० फागुन । नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रले गुटको बन्धक बनाएको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले माओवादीभित्रको गुटको लडाइँको बन्धक त्रिवि उपकुलपतिलाई बनाइएकोमा आपत्ति जनाए। कात्तिक १७ देखि त्रिवि कार्यवाहक उपकुलपतिको भरमा चलेको अवस्थामा छिटो नियुक्ति टुंगो लगाउन पनि उनले माग गरे।

‘प्रधानमन्त्रीले स्वच्छ र स्वतन्त्र ढंगले उपकुलपति नियुक्ति गर्ने भनेर प्रक्रिया अघि बढाउनुभयो। विडम्बना प्रक्रिया कुनै स्वच्छ र स्वतन्त्र पारदर्शी ढंगबाट भएन,’ भट्टराईले भने,‘अनुसन्धानमा असाध्य कम नम्बर राखेर अन्तर्वार्ता र प्रस्तुतिमा बढी नम्बर दिइएको छ।’

 

उनले उपकुलपति नियुक्तिका लागि विज्ञबाट नभएर शिक्षामन्त्री, शिक्षा सचिव र उपप्राध्यापकहरूले अन्तर्वार्ता लिएकोमा पनि आपत्ति प्रकट गरेका छन्।

‘प्राध्यापकहरुमध्येबाट उपकुलपछि बनाउने प्रक्रियाको अन्तर्वार्ता उपप्राध्यापकले लिएका छन्,’ उनले भने, ‘यस्तोमा पार्टीभित्रको गुटको लडाइँमा विश्वविद्यालयलाई बन्धक बनाइएको छ। म यस कुराको निन्दा गर्छु। अहिलेको प्रक्रिया खारेज गरेर स्वतन्त्र र निष्पक्षरुपमा उपकुलपति छनोट गरियोस्।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu