ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेम सुवाल- मुखैमा आइसकेको माधव नेपालको प्रधानमन्त्री पद उम्किने खतरा छ


एबीसी न्यूज
१० फाल्गुन २०८०, बिहिबार   ४ : ०९   बजे

काठमाडौं १० फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्न नसक्ने बताएका छन्।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक २०८० माथि विरोधको सूचना दिन संसद्को रोष्टमबाट उनले यसअघि दलहरूले राखेको ३ प्रतिशतको थ्रेसहोल्डकै कारण नेपाल प्रधानमन्त्री बन्न नसक्ने बताएका हुन्।

सुवालले भने, ‘सांसद माधव नेपाल ३ प्रतिशत प्रावधानको पक्षमा हुनुहुन्थ्योरु अहिले १० सांसद भएपनि ३ प्रतिशत नपुग्दा उहाँको दलले राष्ट्रिय दलको मान्यता पाएन। त्यहीकारण आउन लागेको प्रधानमन्त्री पद जाने भयो, खुस्किने भयो भन्ने चर्चा छ।’

सुवाल नेतृत्वको मजदुर किसान पार्टी थ्रेसहोल्ड राख्न नहुने पक्षमा उभिएको छ। नेपालको निर्वाचन प्रणालीअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको र समानुपातिकतर्फ कूल खसेको सदर मतको ३ प्रतिशत मत नल्याउनेले राष्ट्रिय दलको मान्यता नपाउने व्यवस्था छ।

एकीकृत समाजवादीले २०७९ को निर्वाचनमा प्रतिनिधिसभामा १० स्थान प्रत्यक्षबाट जितेको छ।  तर, समानुपातिकमा ३ प्रतिशत मत नल्याएपछि राष्ट्रिय पार्टी बन्न सकेको छैन।

सत्ता गठबन्धनमा भएको भनिएको भद्र सहमतिअनुसार पुष्पकमल दाहाल प्रचण्डपछि अध्यक्ष नेपाल प्रधानमन्त्री बन्ने चर्चा छ।

तर, प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले राष्ट्रिय दलको मान्यता नपाएको पार्टीले सरकारको नेतृत्व गर्न नपाउने दाबी गरिरहेका बेला सांसद सुवालको यो भनाइ आएको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group