ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘संविधान संशोधन गरेर गठबन्धनका नेतालाई कानुन नलाग्ने व्यवस्था गरौँ’ अमरेश कुमार


एबीसी न्यूज
११ फाल्गुन २०८०, शुक्रबार   १ : ४९   बजे

काठमाडौं ११ फागुन । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले ठुला दलका नेताहरूले देशको कानुन उल्लङ्घन गरिरहेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले सत्तामा रहेका गठबन्धन दलका नेतालाई कानुन नलाग्ने हो भने संविधान नै संशोधन गरेर यो व्यवस्था थप्न माग गरे ।

उनले भने–‘नियम कानुन बनाउने तर ठुलालाई नलगाउने हो भने भनौँ कि संविधान संशोधन गरेर जो सत्तामा हुन्छन्, सत्ता गठबन्धनका ठुला मान्छेलाई नियम कानुन लाग्दैन ।’

राज्यव्यवस्था तथा सुशासन समितिले पनि यो विषय नउठाएको सांसद सिंहले गुनासो गरे । उनले सामाजिक सुधार व्यवस्था ऐन २०३३ मा दुलहा दुलहीको भोजमा आफन्त सहित ५१ जना भन्दा बढी सहभागी बन्न नपाउने व्यवस्था रहेको तर प्रधानमन्त्री प्रचण्डको नातिनी र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको छोराको बिहेमा आर्मी अफिसर्स क्लबमा भएको बिहे भोजमा हजारौँ सहभागी भएको बताए ।

उनले तराई क्षेत्रमा बिहे भोज गर्नुपर्दा जनताहरू ऋण लिएर मिटर ब्याजको पासोमा परेको बताउँदै ठुलाले नियम पालना नगर्दा समस्या भएको बताए ।

उनले मिटरब्याजी सरकारले नै संरक्षण गरेर बनाएको बताए । मिटरब्याजीले राजनीतिक दललाई पैसा दिने र उनीहरूबाट संरक्षण पाउने गरेको सांसद सिंहको भनाई छ । उनले २४ दिन हिँडेर काठमाडौँ आएका मिटर ब्याज पीडितको माग संवोधन गर्न सरकारलाई ध्यानाकर्षण गराए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group