ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल १७२ रनमै अलआउट


एबीसी न्यूज
१३ फाल्गुन २०८०, आइतबार   १ : ३३   बजे

काठमाडौं १३ फागुन । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ ।

आइतबार क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा ४९।३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनायो ।

नेपालको सुरुवात राम्रो थियो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । तर नवौं ओभरको तेस्रो बलमा यो साझेदारी टुटेसँगै नेपालले निरन्तर विकेट गुमायो ।

महत्वपूर्ण ९ विकेट गुमाउँदा नेपालको स्कोर ९४ रन मात्र थियो । आठौं नम्बरमा आएका आरिफ शेखले टिकेर खेल्ने प्रयास गरे । उनले सातौं विकेटका लागि भुर्तेलसँग २८ रनको साझेदारी गरे । त्यसक्रममा भुर्तेलले अर्धशतक पूरा गरे ।

तर ३७ औं ओभरको तेस्रो बलमा भुर्तेल ६६ रनमा आउट हुन पुगे । थप १३ रन जोड्दा गुल्सन झा व्यक्तिगत ५ रनमा आउट भए । करण केसीले आक्रामक पारी खेल्दै आरिफसँग नवौं विकेटका लागि ३६ रनको साझेदारी गरे ।

तर ४९औं ओभरको दोस्रो बलमा आरिफ ९२२ रनमा० आउट भए भने अर्को ओभरको तेस्रो बलमा बास डि लिडले करणको विकेट लिएपछि नेपाल १७२ रनमा अलआउट भयो ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्ड्सका आर्यन दत्त र भिभयन किंग्माले समान ३–३ विकेट लिए भने बास डि लिडले २ तथा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group