ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामहरि खतिवडा– ‘विमान किन्ने बहानामा पर्यटन मन्त्रीले १८ करोड कमिसन खाने सूचना प्राप्त भयो’


एबीसी न्यूज
१३ फाल्गुन २०८०, आइतबार   १ : ४८   बजे

काठमाडौं १३ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले गरेका विभिन्न नियुक्ति तथा मन्त्रीहरूको कार्यशैलीको आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले पर्यटन मन्त्री सुदन किराँतीले अहिले विश्वमा उत्पादन बन्द भइसकेको ट्वीनअटर विमान खरिदको नाममा १८ करोड कमिसन खान लागेको सूचना आफूले पाएको बताएका छन् । साथै मन्त्री किराँतीले टाट पल्टेको निगममा ६२ जना कर्मचारी भर्ना गरेको उनले बताए ।

सांसद खतिवडाले भने– ‘ती कर्मचारीलाई हाजिर गरेर कहाँ जाने, कहाँ आउने, के गर्ने थाहा छैन । हाजिर गरेर हिँडेपछि पुग्ने गरेर नियुक्तिको व्यवस्था गरिएको छ ।’ उनले नेपाल एयरलाइन्सलाई अहिले सरकारले ३१ अर्ब लगानी गरेको, निगम ४८ अरबभन्दा बढी ऋणमा डुबेको, ४ वर्षदेखि सावाँ र व्याज दुवै तिर्न नसकेको, वाइड बडी र न्यारोबडी खरिदका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ३४ अर्ब रुपैयाँ ऋणको व्याज अहिलेसम्म तिर्न नसकेको अवस्था रहेको बताए ।

सांसद खतिवडाले निगममा भएका ४ वटा जहाजमध्ये २ वटा न्यारोबडी र २ वटा वाइड बडी घाटामा रहेको, निगमलाई आन्तरिक उडानका लागि ६ वटा चिनियाँ न्यारोबडी लिइएकोमा वाई टुवेल्व र वान सिक्टिन तत्कालीन अवस्थामा झन्डै ८ अर्ब रुपैयाँमा लिइएको जहाज अहिले लिलाममा राख्दा ३८ करोडमा बिक्री हुन नसकेको बताए ।

एउटा ट्वीनअटर बिग्रिएर १० वर्षदेखि ग्राउन्डेड भएर थन्किएर बसेको र निगममा १२ सय कर्मचारी स्थायी र आउट सोर्सिङबाट झन्डै ८ सय कर्मचारी छन् । यी तथ्याङ्को बाबजुतपनि पर्यटन मन्त्री नयाँ प्लेन किन्नुपर्यो भनेर लाग्नु कमिसनको खेल भएको उनले बताए ।

सांसद खतिवडाले भने– ‘अब नेपाल एयरलाइन्सलाई कहाँ पुर्याउने हो कहाँ लाने हो रु योबारे सोच्नुपर्ने भइसकेको छ । २ वटा ट्वीनअटर विमान क्यानडाबाट किनेर ल्याउने अहिले निर्णय गरिएको छ, निगमको आफ्नै समितिले अहिले हामीले ल्याउने अवस्था छैन, यी जहाजहरू उत्पादन हुन छोडिसकेका छन् भन्दा एक महिनाअघि टेन्डर आह्वान गरिसकेको अवस्था छ ।’

उनले अगाडि भने– ‘थ्री हन्ड्रेज जि भन्ने विमान ल्याउने भनिएको छ तर अहिले त्यसको उत्पादन छैन । त्यो विमान ल्याएर झन्डै १८ करोड कमिसन खाने सूचना प्राप्त भएका छन् । तैपनि मैले सुधार हुन लागेको आभास पाएको छु । मन्त्रीज्यू एउटा झाडु र क्यामेरा लिएर मन्त्रालयमा फोटो खिचेर बाहिर ल्याउँने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो सभामुख महोदय रु’

मन्त्री सस्तो लोकप्रियतामा लागेको प्रति पनि उनले कटाक्ष गरे । उनले भने–‘सस्तो पपुलारिटीका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न टिभी लिएर पुगेर भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने मुलुक कसरी विकास गर्ने हो रु त्यसमा सरकारको ध्यान जाओस् ।’

उनले लकरमा गोली राख्ने ल्हारक्याल लामालाई शान्तिको क्षेत्र लुम्बिनी विकास कोषमा नियुक्त गरेको आपत्ति जनाए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group