ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवादित मन्त्रीबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ


एबीसी न्यूज
१४ फाल्गुन २०८०, सोमबार   १ : ४०   बजे

काठमाडौं १४ फागुन । संसद्‌मा उठेका विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारकारलाई रुलिङ गरेका छन्। विपक्षी दलहरूले तीन विवादित मन्त्रीहरूको राजीनामा माग्दै गत फागुन ६ गतेदेखि बैठकमा अवरोध गर्दै आएको थियो।

सोमबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दलहरूले सोही माग राख्दै बैठक अवरोध गरेका थिए।  त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको बैठक सरकारलाई रुलिङ गरेसँगै सुरु भएको छ।

 

सभामुख देवराज घिमिरेले महत्त्वपूर्ण कार्यसूची भएकाले अवरोध नगर्न बारम्बार आग्रह गरेका थिए। तर, नाराबाजी नरोकिएपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

पुनः बसेको बैठकमा सभामुख घिमिरेले विवादित मन्त्रीबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेका थिए। त्यसपछि बैठक समापन गरी अर्को बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरे।

बैठकमा बिहान सांसदहरूले ‘सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरूलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए।

त्यसअघि आकस्मिक समय लिएर एमाले सांसद गोकुल बाँस्कोटाले विवादित मन्त्रीहरूको राजीनामा माग गरिएको विषय, किसान, मिटरब्याजीलगायतका विषयमा संसद्मा उठेका प्रश्नको जवाफ माग गरेका थिए।

ुएउटै कुरा बारम्बार उठाइराखिएको छ। सरकारको कानमा रुवा कसैले हालिदिएको छरु जनप्रतिनिधिमूलक संस्थामा विपक्षी दलहरूले उठाएको कुरा नजरअन्दाज गरिरहेको छ,ु बाँस्कोटाले भने।

सरकारले सदनमा आएर जवाफ दिनुपर्ने एमालेको माग थियो।

आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को बजेटका सिद्धान्त र प्राथमिकता बैठकमा प्रस्तुत गर्ने कार्यसूची थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group