ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीले चैत–वैशाखमा अभियान गर्ने यस्तो छ तयारी


एबीसी न्यूज
१५ फाल्गुन २०८०, मंगलबार   ८ : ३४   बजे

काठमाडौं,  १५ फागुन  ।  नेकपा(माओवादी केन्द्र)ले आगामी चैत र वैशाखमा हुने अभियानको खाका तयार गरेको छ । फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको प्रथम विधान अधिवेशनले चैत र वैशाखमा दुई चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले अभियानको खाका तयार गरेको हो । पहिलो चरणको अभियान अन्तर्गत चैत १ देखि १५ गते तराई मधेस जागरण अभियान सञ्चालन हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार दोस्रो चरणमा हिमाल, पहाड र तराइ राष्ट्रिय एकता अभियान वैशाख १ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । यसअघिको विशेष रूपान्तरण अभियान, संगठन सुदृढीकरण र पार्टी रूपान्तरणका लागि कार्यकर्तामा केन्द्रित रहे पनि आगामी अभियान जनतामा केन्द्रित रहने सापकोटाको भनाइ छ । ‘नयाँ जिम्मेवारी र अभियानका साथ आगामी चैत र वैशाखमा तराई मधेस जागरण अभियान र हिमाल, पहाड र तराइ एकता अभियान सञ्चालन गर्दैछौँ । यसअघि पार्टी रूपान्तरण र संगठन सुदृढीकरणका लागि कार्यकर्तामा केन्द्रित भएका थियो । अबको अभियान जनता केन्द्रित रहनेछ । यसले पार्टीलाई थप बलियो बनाउने हामीले विश्वास लिएका छौँ’, उनले भने । अभियानको समग्र विषय र कहाँ कति जना सहभागी हुने तथा कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा बुधवार बस्ने बैठकले ठोस निर्णय गर्ने उनले बताए । पार्टीले तयार गरेको खाका अनुसार पहिलो चरणको जागरण अभियान चैत १ गते पूर्वमा झापाको चन्द्रगढीबाट सुरु भएर १५ गते सुदूरपश्चिमको महेन्द्र नगरमा गएर टुङ्गिने छ ।

यस्तै दोस्रो चरणको उत्तर–दक्षिण एकता अभियानको रुट मोटामोटी तय भए पनि कताबाट सुरु गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन ।

तराई मधेस जागरण अभियानको रुट खाका (चैत्र १ – १५)

यो १५ दिने अभियान चन्द्रगढी हुँदै विराटनगर, इनरुवा, राजविराज, सिराहा, जनकपुर, जलेश्वर, मलङ्गवा, गौर, कलैया, वीरगन्ज, सिमरा, हेटौडा, भरतपुर, कावासोती, सुस्ता, परासी, भैरहवा, तौलिहवा कृष्ण नगर, गढवा, लमही, कुसुम, फत्तेपुर, गुलरिया, राजापुर, टिकापुर, धनगढी र महेन्द्रनगर पुगेर समापन हुनेछ ।

हिमाल पहाड तराई राष्ट्रिय एकता अभियानको रुट खाका (वैशाख १–१५)

यसैगरी माओवादीले हिमाल, पहाड, तराइ एकता अभियान सञ्चालन गर्ने रुट पनि टुंगो लगाएको छ । जसअनुसार दार्चुला–अत्तरिया अन्तर्गत दार्चुला, गोकुलेश्वर, पाटन, अमरगढी र अत्तरिया रहेको छ ।

यस्तै गमगढी–कोहलपुर अन्तर्गत गमगढी, सिञ्जा, नारमा, मान्म, राकम, सुर्खेत, छिन्चु र कोहलपुरमा अभियान हुनेछ । पुनै–तुलसीपुर अन्तर्गत दुनै, त्रिवेणी, राडी, नलगाड, चौरजहारी, बागचौर, सितलपाटी, कपुरकोट र तुलसीपुर रहेको माओवादीले तयार गरेको खाकामा उल्लेख छ ।

यस्तै रुकुमकोट– घोराही अन्तर्गत तकसेरा, काक्री, रुकुमकोट, थवाङ, पुतलाचौर, घर्तीगाउँ, होलेरी र घोराहीसम्म अभियान सञ्चालन हुनेछ भने जोमसोम–कावासोती अन्तर्गत जोमसोम, लेते, तातोपानी, बेनी, बागलुङ, कुश्मा, पुर्तीघाट र रामपुरमा सञ्चालन हुनेछ ।

त्यस्तै मनाङ–पोखरा अन्तर्गत चामे, धारापानी, वेशिसहर, पालुङटार, डुम्रे र पोखरामा अभियान सञ्चालन हुनेछ । रसुवागढी– चितवन माडी अन्तर्गत रसुवागढी, स्याफ्रुवेशी, धुन्चे, कालिकास्थान, त्रिशूली, गल्छी, गजुरी, मुग्लिङ, राजनगर र माडी रुट तय भएको माओवादीको भनाइ छ।

यसबाहेक तातोपानी९सिन्धुपाल्चोक०– बर्दिवास अन्तरगत तातोपानी, बाह्रबिसे, दोलालघाट, धुलिखेल, भकुण्डेबेसी, नेपालथोक, खुर्कोट, सिन्धुलीगढी, सिन्धुलीमाडी र बर्दिबासमा अभियान सञ्चालन हुनेछ ।

सोलु–मिर्चैया अन्तर्गत भने सल्लेरी, ओखलढुंगा, मानेभज्याङ, घुर्मी, कटारी र मिर्चैयामा अभियान सञ्चालन हुनेछ । यस्तै संखुवासभा–इटहरी अन्तर्गत नुमबजार, खाँदवारी, चैनपुर, धनकुटा, धरान र इटहरीमा अभियान सञ्चालन हुने माओवादीको खाकामा उल्लेख छ ।

यस्तै फुङ्लिङ– बिर्तामोड झापा अन्तर्गत फुङलिङ, कावेलीवजार, गोपेटार, फिदिम इलाम, कन्यम र बिर्तामोडमा अभियान सञ्चालन हुनेछ । तर, यो रुटमा सुरुमा कहाँबाट कहाँबाट अभियान थाल्ने भन्नेबारे भने बैठकले निर्णय गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group