ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुखद्वारा सदनमा जवाफ दिन सरकारलाई पुनः निर्देशन


एबीसी न्यूज
१८ फाल्गुन २०८०, शुक्रबार   १ : ००   बजे

काठमाडौं १८ फागुन ।  सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका सांसदहरूले उठाएका विषयमा संसदमा उपस्थित भएर जवाफ दिन सरकारलाई पुनः निर्देशन दिएका छन्।

सांसदहरूले उठाएका विषयमा यसअघिका बैठकहरूमा पनि स्पष्ट निर्देश गरिसकिएको स्मरण गराउँदै उनले पुनः सरकारलाई रुलिङ गरेका हुन्।

शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरूले सरकार जवाफदेहीविहीन भएको भन्दै संसदमा उठेर विरोध जनाएका थिए। सभामुखले बारम्बार आग्रह गर्दा पनि विपक्षी सांसदहरू आसनमा नबसेपछि सभामुखले सरकारलाई फागुन २१ गतेको समय दिएर पुनः रुलिङ गरेका हुन्।

बैठकमा उनले भने, ‘आजको बैठकमा पनि विभिन्न विषयका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफको माग गर्नुभएको छ। आज र यसअघि उठेका विषयहरुमा सभाको फागुन २१ गते बस्ने बैठकमा उपस्थित भई जवाफ दिन नेपाल सरकारलाई म निर्देश गर्दछु।’

सभामुख घिमिरेले अघिल्लो बैठकमा पनि यस्तै रुलिङ गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu