ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड र ओलीबीच बालुवाटारमा १ घण्टा वार्ता: टीआरसी विधेयक अघि बढाउन एमाले सकारात्मक


एबीसी न्यूज
२० फाल्गुन २०८०, आइतबार   ११ : ५४   बजे

काठमाडौँ, २० फागुन । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी) अघि बढाउन प्रमुख प्रतिपक्षी दल एमाले सकारात्मक बनेको छ । सत्ता गठबन्धनमा चिसोपन आइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोड दिँदै आएको शान्ति प्रक्रियासम्बन्धी काम अघि बढाउन प्रमुख प्रतिपक्षी दल एमालेले सकारात्मक साथ दिन खोजेको हो ।प्रधानमन्त्री पुष्पकमल प्रचण्ड र प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचका पछिल्ला पटक पटकका औपचारिक र अनौपचारिक संवादले विधेयक अघि बढाउने वातावरण बनेको हो ।टीआरसी विधेयक हाल प्रतिनिधिसभाको कानुन समितिमा छलफलका क्रममा छ । समितिको आइतबार ११ बजे बैठक बोलाइएको छ । उक्त बैठकमै विधेयक अघि बढाउनेबारे निर्णयमा पुर्‍याउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

एमाले अध्यक्षले नै विधेयकमा भाषा मिलाएर अघि बढाउने गरी कुरा गरिसक्नुभएको छ स्रोतले भन्यो, अब विधेयक अघि बढाउनेबारे एउटा सहमतिमा पुग्ने स्थिति बनेको छ । कानुन समितिको बैठक अघि कांग्रेस, एमाले र माओवादी नेताहरूबीच विधेयकको भाषा मिलाउनेबारे अनौपचारिक छलफल भइरहेको छ । टीआरसी विधेयक पीडितमैत्री हुनुपर्ने अडान एमालेले राख्दै आएको छ । अहिले पनि त्यसको मूल भावनामा तलमाथि नहुनेगरी भाषा मिलाएर अघि बढाउने तयारी भएको स्रोतले जनायो ।टीआरसी विधेयक पारित गर्न चर्को दबाबमा रहेका प्रधानमन्त्री दाहाल भने सहमति हुन नसके बहुमतबाटै भए पनि पारित गर्ने मनस्थितिमा पुगेका थिए । तर उनले सबैको सहमतिमा अघि बढाउने भन्दै ओलीसँग निरन्तर छलफल गर्दै आएका थिए ।कांग्रेस र माओवादीका नेताहरूले एमालेले उठाएका विषय टीआरसी विधेयकमा समेटिइसकेको दाबी गर्ने गरेका थिए । एमालेले विधेयकमा स्पष्ट प्रावधान नभएकाले थप अडान राख्नुपर्ने बताउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu